मातातीर्थ औंशीमा मेगा बैंकको विशेष अफर


मेगा बैंक नेपाल लिमिटेडले मातातीर्थ औंशीको अवसर पारेर ग्राहकहरुलाई विशेष अफर ल्याएको छ ।
सम्पूर्ण आमाहरुको सम्मानमा बैंकले मेगा बैंकको केन्द्रीय कार्यालय रहेको राइजिङ मलमा सपिङ गर्न चाहने ग्राहकहरुलाई विशेष अफर ल्याएको हो ।

फोन पे मोबाइल एपको क्यूआर कोड स्क्यान गरेर मेगा स्मार्ट बैंकिङ मार्फत सपिङ गर्ने ग्राहकहरुलाई बैंकले १० प्रतिशतसम्मको छुट वा बढीमा एक हजार रुपैयाँ छुटको व्यवस्था गरेको जनाएको छ ।
यो अफर बैशाख १५ देखि सुरु भएर मातातीर्थ औंशीका दिन बैशाख २१ गते शनिबारसम्म रहने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार