IME Life

कुन इन्स्योरेन्स कम्पनीको कति प्रतिशतले पुँजी वृद्धि हुन बाँकी ? ( ताजा अपटेड )

SPIL
NIC ASIA

बीमा समितिले निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी १ अर्ब पुर्याउने लक्ष्य दिएको थियो भने जीवन बीमा कम्पनीको चुक्ता पुँजी २ अर्ब पुर्याउने लक्ष्य दिएको थियो ।

बीमा समितिले तोकेको न्युनतम चुक्ता पुँजी निकै थोरै मात्र कम्पनीले पुर्याउन सकेको अवस्था छ भने धेरैले बीमा समितिले तोकेको पुँजीको लक्ष्य हासिल गर्न सकेको अवस्था छैन ।

Prabhu
Crest

लाईफ इन्स्योरेन्स कम्पनीको पुँजीको अवस्था के छ ?

नोट : कम्पनीको पुँजी गणना गर्दा हकप्रद र बोनस शेयरको बुक क्लोज पछि कायम रहेको पुँजीको आधारमा

हाल नेपाली दोश्रो बजारमा ७ वटा लाईफ इन्स्योरेन्स कम्पनीका शेयर किनबेच हुने गरेका छन । जसमा तीन वटा मात्र जीवन बीमा कम्पनीले २ अर्ब पुँजीको लक्ष्य हासिल गरेका छन् ।२ अर्ब पुँजीको लक्ष्य हासिल गर्नेमा नेपाल लाईफ इन्स्योरेन्स ,नेशनल लाईफ इन्स्योरेन्स र एसियन लाईफ इन्स्योरेन्स छन् । नेपाल लाईफको पुँजी ४ अर्ब ३९ करोड छ भने नेशनल लाईफको पुँजी ३ अर्ब छ । एसियन लाईफ इन्स्योरेन्सले ६० प्रतिशत हकप्रद शेयरका लागि बुक क्लोज गरिसकेकोले कम्पनीको पुँजी २ अर्ब पुगेको छ।

कसले कति पुँजी वृद्धि गर्नु पर्ने छ ?
प्राईम लाईफ इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ७८ करोड छ । प्राईम लाईफ इन्स्योरेन्सको पुँजी १२ प्रतिशतले वृद्धि गर्नु पर्ने छ । प्राईमले बोनस शेयर बाटै चुक्ता पुँजी पुर्याउने देखिन्छ ।

त्यस्तै लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालले ३४ प्रतिशतले आफ्नो पुँजी वृद्धि गर्नु पर्ने देखिन्छ ।

सूर्या लाईफ इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब १३ करोड रुपैया छ । कम्पनीले अझै आफ्नो पुँजी ७७ प्रतिशतले वृद्धि गर्नु पर्ने छ । सूर्या लाईफ इन्स्योरेन्सलाई ७० प्रतिशत हकप्रद शेयर दिने प्रक्रियामा छ । सो हकप्रद अनुसार कम्पनीको पुँजी १ अर्ब ९२ करोड पुग्ने छ । त्यसपछि पनि कम्पनीले करिव आफ्नो पुँजी ४ प्रतिशतले वृद्धि गर्नु पर्ने देखिन्छ । जो आर्थिक वर्ष ७५/७५ को बोनस बाट प्रस्ताव हुने सम्भावना देखिन्छ ।

गुराँस लाईफ इन्स्योरेन्सले वार्षिक साधारणसभा बाट १०० प्रतिशत  हकप्रद शेयरको प्रस्ताव पारित  गरेको छ। सो हकप्रद पश्चात कम्पनीको पुँजी १ अर्ब ८७ करोड पुग्ने छ।

निर्जीवन बीमा कम्पनीको अवस्था के छ ?
१५ वटा निर्जीवन बीमा कम्पनी मध्ये ६  वटा निर्जीवन बीमा कम्पनीले मात्र आफ्नो पुँजीको लक्ष्य हासिल गरेको अवस्था छ। नेको इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स,एभरेस्ट इन्स्योरेन्स र नेपाल इन्स्योरेन्सले १ अर्ब पुँजीको हासिल गरेको अवस्था छ ।

नोट : कम्पनीको पुँजी गणना गर्दा हकप्रद र बोनस शेयरको बुक क्लोज पछि कायम रहेको पुँजीको आधारमा

आईएमई जनरल इन्स्योरेन्सको अहिलेको पुँजी ९७ करोड २० पुगेको छ। कम्पनीले अझै ३ प्रतिशत पुँजी वृद्धि गर्नु पर्ने छ , जुन बोनस शेयर बाट आउने सम्भावना देखिन्छ ।
त्यस्तै लुम्बिनी जनरल इन्स्योरेन्सको पुँजी  १३  प्रतिशतले वृद्धि हुन बाँकी छ। लुम्बिनी जनरल इन्स्योरेन्सले २० प्रतिशत हकप्रद निक्साशन गर्न विशेष साधारण सभा बोलाएको छ। प्रस्तावित हकप्रद पछि कम्पनीको पुँजी १ अर्ब पुग्ने छ।
सिद्धार्थ इन्स्योरेन्सको पुँजी १५  प्रतिशतले वृद्धि हुन् बाँकी छ जुन बोनस शेयर बाट आउने सम्भावना देखिन्छ । त्यस्तै एन एल जी इन्स्योरेन्स र प्रुडियन्सल इन्स्योरेन्सले अझै आफ्नो पुँजी ५६ प्रतिशतले वृद्धि गर्नु पर्ने देखिन्छ ।

प्रिमियर इस्न्योरेनस र सगरमाथा इन्स्योरेन्सले क्रमश ७१ प्रतिशत र ८६ प्रतिशत आफ्नो पुँजी वृद्धि गर्न बाँकी छन । प्रमियर इन्स्योरेन्सले गत वर्ष निस्काशन गरेको एफ पी ओको प्रिमियम बाट यो बोनस शेयर दिदै पुँजी पुर्याउने देखिन्छ भने सगरमाथा इन्स्योरेन्सले आर्थिक वर्ष ७३/७४ मा कुनै लाभांस नदिएकोमा उसले यो वर्ष राम्रै बोनस शेयर दिएर पुँजी पुगाउने सम्भावना देखिन्छ ।

त्यस्तै युनाईटेड इन्स्योरेन्स र रास्ट्रीय बीमा कम्पनीले आफ्नो पुँजी क्रमश २३१ प्रतिशत र २७५ प्रतिशतले वृद्धि गर्नु पर्ने देखिन्छ । युनाईटेड इन्स्योरेन्सको २४० प्रतिशत हकप्रद शेयर दिने प्रक्रियामा छ । उक्त हकप्रद पश्चात इन्स्योरेन्सको चुक्ता पुँजी पुग्ने छ ।

कम्पनीले भविष्यमा दिन सक्ने लाभांस (बोनस शेयर ) उपलब्ध तथ्यांकलाई विस्लेशण गरी अनुमान गरिएको हो । निर्णय लग्नु अघि लगानीकर्ताले थप अनुसन्धान गर्नु पर्ने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS