एल. आई. सी नेपाल द्धारा मृत्यु दावी रकम हस्तान्तरण

एल. आई. सी (नेपाल) लिमिटेडले बीमित मृतक परिवारलाई दाबी रकम हस्तान्तरण गरेको छ । कम्पनीले कृतक बीमितको परिवार लाई १२ लाख ८८ हजार रुपैयाँ प्रदान गरेको छ ।

घोराही उपमहानगरपालिका १७ निवासी मृतक नारायण प्रसाद देवकोटाको परिवारलाई घरमै गएर कम्पनीले बीमा वाफतको रकम हस्तान्तरण गरेको हो ।

एल.आई. सीका व्राञ्च म्यानेजर सुरज प्रताप शाह, एजेन्सी म्यानेजर सनत कुमार श्रेष्ठ र एजेन्सी दामोदर खनाल देवकोटाकै घरमा पुगेर मृतक बीमितका श्रीमति सुविता आचार्यलाई सो रकम हस्तान्तरण गरेका हुन् ।

एल.आई.सी.का व्राञ्च म्यानेजर शाहले नागरीकको सुरक्षाका लागि बीमा अपरिहार्य भएको बताए । बीमा गर्दा बीमा कम्पनी र एजेण्टहरुको विश्वसनीयता हेरेर छनोट गर्नुपर्ने शाहको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार