नेप्से ७ अङ्कले घट्दा , कारोबार १ अर्ब माथि


साताको दोस्रो दिन नेप्से ७ दशमलव २६ अङ्कले घटेर १२५६ दशमलव ९४ अङ्कमा कारोबार बन्द भएको छ । १ अर्ब ३ करोड ७६ लाख बराबरको कारोबार भएको छ ।

टेडिङ, निर्जिवन बीमा, जीवन बीमा, उत्पादनमूलक क्षेत्र को परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा गिरावट आएको छ ।
सबैभन्दा धेरै नेपाल बैंकको ९ करोड ३६ लाख रकम बराबरको शेयर किनबेच भयो ।

सबै भन्दा धेरै एभरेष्ट इन्स्योरेन्सको सेयरमा ९ दशमलव ७७ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै माउनटेन हाईड्रो नेपालको शेयर ५ दशमलव २० प्रतिशतले घट्न पुग्यो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार