रौतहटमा अजोड इन्स्योरेन्सको नयाँ शाखा

अजोड इन्स्योरेन्स लिमिटेडको रौतहट शाखा कार्यालयको उद्घाटन भएको छ । चन्द्रपुर नगरपालिका वडा नं. ४ का अध्यक्ष अमर बहादुर आलेले उक्त शाखा कार्यालयको उद्घाटन गरेका छन् ।

शाखा उद्घाटन समारोहमा संस्थाका नायब कार्यकारी प्रमुख अधिकृत सुरेन्द्र थापाले संस्थाको परिचय, समग्र अवस्था, गतिबिधि, भावीकार्य योजन तथा कम्पनीको समग्र अवस्थाका बारेमा प्रकाश पारे ।

सो अवसरमा अजोड इन्स्योरेन्स लि. का रौतहट शाखा प्रमुख ओमराज निरौला बाट स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमलाई समापन गर्दै यस कार्यक्रमका सभापति तथा यस संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापाले उपस्थित अतिथिहरुलाई मायाको चिनो प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार