दोश्रो बजारमा कम्पनी छान्दा ध्यान दिनु पर्ने कुराहरु

प्राथमिक बजार भन्दा दोश्रो बजारमा जोखिम धेरै नै हुने गर्दछ । दोश्रो बजारमा केहि लगानीकर्ताहरुले राम्रै पैसा कमाउने गर्छन भने केहि लगानीकर्ताहरुले राम्रै पैसा गुमाउने पनि गर्दछन । त्यसैले दोश्रो बजारमा लगानीकर्ताले एकदमै सुक्ष्म हिसाबले लगानी गर्नु पर्छ । दिर्घकालीन हिसाबमा दोश्रो बजारमा लगानीकर्ताले लगानी गर्न पुर्व निम्न कुरा पनि ध्यान दिनु पर्छ ।

कम्पनीको लाभांस
शेयर बजारमा दुई थरीका प्रतिफल हुन्छन्, एउटा प्रतिफल दोश्रो बजारले दिन्छ भने अर्को प्रतिफल कम्पनीले दिन्छ ।

बजारले दिने प्रतिफल भनेको लगानीकर्ताले खरिद गरेको मूल्य भन्दा दोश्रो बजारमा कायम कम्पनीको मूल्य धेरै भएर लगानीकर्ताले लाभ लिनु हो । यस प्रकरको नाफालाई अंग्रेजीमा ट्रेडिङ्गबाट आएको नाफा पनि भनिन्छ ।

शेयर बजारमा लगानीकर्ताले लग्ने अर्को फाइदा भनेको कम्पनी स्वयले दिने प्रतिफल हो । कम्पनीले दिने प्रतिफललाई लाभांस भन्ने गरिन्छ । प्रतिफल लिन शेयर किने पछि बेच्ने पर्छ भन्ने होइन, कम्पनीले दिने प्रतिफलले ंपनि लगानीकर्तालाई फाईदा हुन सक्छ ।

दीर्घकालीन शेयर होल्ड गर्ने लगानीकर्ताले जहिले पनि राम्रो लाभांस दिने कम्पनी छनोट गर्नु पर्छ । दोश्रो बजारमा मन्दी आएर कम्पनीको शेयर मूल्य घट्न थालेको अवस्थामा पनि राम्रो लाभांस दिने कम्पनीबाट प्राप्त हुने राम्रो लाभांसले लगानीकर्ताहरुको लागत घट्न मदत गर्छ । लाभांस दिन नसक्ने कम्पनीहरु कारोवारीहरु लागि अथवा छोटो समयको किन बेचको लागि प्रयोग हुने भए पनि दिर्घकालीन लगानीको लागि लाभांस नदिने कम्पनीलाई आफ्नो पार्टफोलियोमा राख्न ठिक हुँदैन ।

खुद नाफा र प्रति शेयर आम्दानी
कम्पनी छनोट गर्दा विगत देखि खुद नाफा वृद्धि गर्दै लागेका र सन्तुलित बलियो प्रति शेयर आम्दानी भएका कम्पनीको शेयर छनोट गर्नु पर्छ । नोक्सानीमा भएका कम्पनीहरुले लाभांस दिन सक्दैनन् जसले गर्दा शेयरधनीको जोखिम थप वृद्धि गर्दछ । खुद नाफाले जम्मै कम्पनीको निश्चित अवधिको नाफा देखाउंछ भने प्रति शेयर आम्दानीले कम्पनीको एक शेयरको आम्दानी देखाँउछ । हामीले खुद नाफा भन्दा पनि कम्पनीको प्रति शेयर आम्दानीमा विस्वास गर्नु पदछ । तर जीवन बीमा कम्पनीको हकमा भने एक्चुअरी मुल्यांकन पश्चात मात्र वास्तविक खुद नाफा र प्रति शेयर आउने गर्छ ।

मुल्य आम्दानी अनुपात
कम्पनीको प्रति शेयर आम्दानी भन्दा बजार मुल्य कति गुणा धेरै छ भन्ने हिसाब मूल्य आम्दानी अनुपातले गर्दछ । उदाहरणको लागि एउटा कम्पनीको बजार मूल्य २०० रुपैँया छ र कम्पनीको प्रति शेयर आम्दानी १० रुपैँया छ भने कम्पनीको मूल्य आम्दानी अनुपात २० गुणा हुन्छ । १० रुपँैया आम्दानीको लागि २० गुणा धरै बजार मूल्य तिर्नु पर्नेको कुराको जानकरी प्राप्त हुन्छ ।

मूल्य आम्दानी अनुपात थोरै भएको राम्रो हुन्छ तर धेरै थोरै हुँदा पनि राम्रो मानिदैन । मूल्य आम्दानी अनुपात १० देखि २० गुणा सम्मलाई स्तरिय मानिन्छ तर बेन्ज्मीन ग्रामका अनुसार चाँही कम्पनीको मूल्य आम्दानी अनुपात १५ गुणा भन्दा धेरै हुनु हुदैन ।

जगेडा कोष र किताबी मूल्य
लगानी गर्न पुर्व लगानीकर्ताहरुले कम्पनीको जगेडा कोष र किताबी मुल्य (प्रति शेयर नटवर्थ ) हेर्न एकदमै जरुरी छ । जगेडा कोष ऋनात्मक भएका, किताबी मूल्य १०० मुनि भएका कम्पनीहरुहरु लाभांसको द्रिस्टिकोणले राम्रो मानिदैनन ।

उतार चडाव
दोश्रो बजारमा कारोवार हुने सबै कम्पनीहरु एकै प्रकृतिका हुदैनन् । सामान्यत थोरै पुँजी भएका कम्पनीहरुमा उतारचाडव धेरै हुन्छ भने धेरै पुँजी भएका कम्पनीमा उतारचाडव धेरै हुन्छ । लगानीकर्ताले सुरुमा धेरै उतारचाडव प्रकृतिका शेयरमा लगानी गर्ने की कम उतारचाडव प्रकृतिका शेयरमा धेरै लगानी गर्ने भन्ने विषयमा स्पस्ट हुनु पर्छ ।

प्रमुख आम्दानीको श्रोत
बैंकको प्रमुख आम्दानीको श्रोत खुद व्याज आम्दानी, इन्स्योरेन्स कम्पनीको प्रमुख आम्दानीको श्रोत बीमा शुल्क आर्जन , हाईड्रोको प्रमुख आम्दानीको श्रोत विधुत बिक्री आदि । कम्पनीको प्रमुख आम्दानीको श्रोत वृद्धि नभएर कम्पनीको खुद नाफा वृद्धि हुनु दीर्घकालीन रुपमा राम्रो मानिदैन । कम्पनीको प्रमुख आम्दानीको श्रोत संगै वृद्धि भएको र खुद नाफा वृद्धि दीर्घकालीन रुपमा राम्रो हुन्छ ।

त्यसैले हामीले कम्पनी छान्दा प्रमुख आम्दानीको श्रोत बढेका कम्पनीहरुमा लगानी गर्नु पर्छ ।

पार्टफोलियो व्यवस्थापन
ठुलो होस या सानो रकम, हामीले दोश्रो बजारमा प्रवेश गरेपछि पार्टफोलियो व्यवस्थापन गर्न जान्नु पर्छ । आफु संगै भएको रकमलाई एउटै कम्पनीको शेयर अथवा एउटा क्षेत्रमा लगानी नगरी लगानीलाई विभिन्न क्षेत्रमा विभाजन गर्ने प्रकियालाई पोर्टफोलियो व्यवस्थापन भनिन्छ । पोर्टफोलियो व्यवस्थापले जोखिम न्यूनीकरण गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार