नेप्से ० .५९ अंकले घट्यो, कारोबार रकम ३९ करोड ६४ लाख

साताको अन्तिम दिन नेप्से ० दशमलव ५९ अङ्कले घटेर ११८४ दशमलव ०२ अङ्कमा बन्द भएको छ । ३९ करोड ६४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

होटल, फाइनान्स, उत्पादनमूलक र अन्य क्षेत्रको परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा वृद्धि आएको छ । सबैभन्दा धेरै कुमारी बैंकको ३ करोड ६३ लाख बराबरको शेयर किनबेच भयो ।

सबै भन्दा धेरै एभरेष्ट इन्स्योरेन्सको सेयरमा ९ दशमलव ९२ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै घलेम्दि हाइड्रोपावरको शेयर ८ दशमलव ६४ प्रतिशतले घट्न पुग्यो ।

जीवन र निर्जीवन बीमामा हरीयालि छाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार