IME Life
Beema Board

जीवन बीमा कम्पनीहरुले कसरी पुर्याउँदै छन् पूँजी ?

SPIL
NIC ASIA
Sanima Reliance

नेपाली दोश्रो बजारमा ७ वटा लाईफ इन्स्योरेन्स कम्पनीका शेयर किनबेच हुने गरेका छन् । जसमा तीन वटा मात्र जीवन बीमा कम्पनीले २ अर्ब पुँजीको लक्ष्य हासिल गरेका छन् ।

२ अर्ब पुँजीको लक्ष्य हासिल गर्नेमा नेपाल लाईफ इन्स्योरेन्स, नेशनल लाईफ इन्स्योरेन्स र एसियन लाईफ छन् । नेपाल लाईफको चुक्ता पुँजी ४ अर्ब ३९ करोड, नेशनल लाईफको पुँजी ३ अर्ब ७४ लाख छ भने एसियन लाईफको चुक्ता पुँजी २ अर्ब १ करोड पुगेको छ । एसियन लाईफले फाल्गुन २२ गते ६० प्रतिशत हकप्रद शेयरका लागि बुक क्लोज गरिसकेको अवस्था छ । कम्पनीले चैत्र २५ गते देखि बैशाख २९ गते सम्म ६० प्रतिशत हकप्रद शेयर निस्काशन गर्दै छ ।

Prabhu
Crest

कसले कति  पूँजी वृद्धि गर्नु पर्ने छ ?नोट: चुक्ता पूँजी लिँदा बुक क्लोज पछि कायम रहेको चुक्ता पुँजीको आधारमा लिइएको हो ।

प्राईम लाईफ इन्स्योरेन्स

प्राईम लाईफ इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ७८ करोड छ । प्राईम लाईफ इन्स्योरेन्सको पूँजी १२ प्रतिशतले वृद्धि गर्नु पर्ने छ । प्राईमले आर्थिक वर्ष ७४/७५ साधारण सभा मार्फत बोनस शेयर बाटै चुक्ता पुँजी पुर्याउने सम्भावना देखिन्छ ।

लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल

लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालले ३४ प्रतिशतले आफ्नो  पूँजी वृद्धि गर्नु पर्ने देखिन्छ । आर्थिक वर्ष ७३/७४ को नाफा बाट १२ प्रतिशत बोनस प्रस्ताव गरेको कम्पनीको अहिलेको चुक्ता पूँजी १ अर्ब ४९ करोड छ । कम्पनीले पनि आर्थिक वर्ष ७४/७५ को साधारण सभा गर्न बाँकी छ ।

सूर्या लाईफ इन्स्योरेन्स

सूर्या लाईफ इन्स्योरेन्सको पूँजी १ अर्ब १३ करोड रुपैयाँ छ । सूर्या लाईफ इन्स्योरेन्सले ७० प्रतिशत हकप्रद शेयर निस्काशन गर्न धितोपत्र बोर्डले अनुमति दिएको छ । सो हकप्रद शेयर पश्चात कम्पनीको पूँजी १ अर्ब ९२ करोड पुग्ने छ । सो हकप्रद शेयर पश्चात पनि कम्पनीको पुँजी अझै ४ प्रतिशतले वृद्धि गर्नु पर्ने छ । आर्थिक वर्ष ७४/७५ को साधारण सभाबाट बोनस शेयर मार्फत सो लक्ष्य पुरा हुने सम्भावना छ ।

गुराँस लाईफ इन्स्योरेन्स

गुराँस लाईफ इन्स्योरेन्सले ८ प्रतिशत बोनस शेयर र ५० प्रतिशत हकप्रद शेयरको लागि बुक क्लोज गरिसकेको अवस्थामा छ । सो हकप्रद र बोनस शेयर पश्चात कम्पनीको पूँजी ९३ करोड ८५ लाख पुगेको छ । कम्पनीले आफ्नो वार्षिक साधारण सभा चैत्र २१ गते गरेको छ ।

त्यस्तै कम्पनीले ५० प्रतिशत हकप्रद प्रयोजनाका लागि पनि चैत्र ६ गते बुक क्लोज गरेको छ । चैत्र ५ गते सम्म कायम शेयर धनीले ५० प्रतिशत हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । हकप्रद आवेदन दिने समय चैत्र २८ गते देखि जेठ १ गते सम्म रहेको छ ।

चैत्र २१ गते बसेको वार्षिक साधारण सभामा कम्पनीले शत प्रतिशत हकप्रद शेयरको प्रस्ताव गरेको छ । प्रस्तावित शत प्रतिशत हकप्रद शेयर पश्चात कम्पनीको पूँजी १ अर्ब ८७ करोड पुग्ने छ ।

प्रस्तावित शत प्रतिशत हकप्रद शेयर पश्चात कम्पनीलाई अझै आफ्नो पूँजी ७ प्रतिशतले वृद्धि गर्नु पर्ने छ । आर्थिक वर्ष ७४/७५ को साधारण सभाबाट बोनस शेयर मार्फत सो लक्ष्य पुरा हुने सम्भावना छ ।

नोट : कम्पनीको सम्भावित आउँन सक्ने लाभांस कम्पनीको उपलब्ध तथ्यांकलाई आधार मानिएर गरिएको अनुमान हो, निर्णय अघि थप अनुसन्धान गर्नु पर्ने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS