सगरमाथा इन्स्योरेन्स र ज्योती बैंक बीच बीमा सेवा सम्झौता

सगरमाथा इन्स्योरेन्स र ज्योति विकास बैंक लिमीटेड बीच बीमा सेवा सम्झौ्रता सम्पन्न भएको छ ।

सम्झौतामा सगरमाथा इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंक क्षेत्री र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले हस्ताक्षर गरेका हुन् ।

बीमा सेवा सम्झौता पश्चात ज्योति विकास बैंकका सबै शाखाबाट सगरमाथा इन्स्योरेन्सका बीमालेख प्राप्त गर्न, बिमा शुल्क भुक्तानी गर्न र दाबी भुक्तानी गर्न सक्नेछन् ।

साथै बैंकका सबै शाखाबाट सगरमाथाका निर्जीवन बीमा सेवा समेत सहज रुपमा प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार