रिलायन्स फाइनान्सको २.६३ प्रतिशत नगद लाभांश प्रस्ताव

रिलायन्स फाइनान्सले २.६३ प्रतिशत नगद लाभांश दिने भएको छ । यसमध्ये ०.१३ प्रतिशत लाभांशमा लाग्ने कर प्रयोजनका लागि छुट्याइएको छ ।

कम्पनीको आइतबार बसेको  २२२ औँ बैठकले कुल २ करोड ८ लाख १० हजार ४०२ रुपैयाँ नगद लाभांशको रुपमा सेयरधनीलाई वितरण गर्ने निर्णय गरेको हो ।

यस्तै, कर प्रयोजनका लागि १० लाख ९५ हजार २८४ रुपैयाँ दिनेछ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि वितरण हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार