Prabhu Life Ad Final

निर्जीवन बीमा व्यवसाय २० प्रतिशतले वृद्धि, शिखर इन्स्योरेन्सको अग्रता कायमै

IME PAY

नेपाल स्टक एक्सेञ्जमा सुचिकृत १५ निर्जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष ७५/७६ को दोस्रो त्रैमासको वित्तिय विवरण प्रकाशन गरिसकेको अवस्था छ।

आर्थिक वर्ष ७५/७६ को दोश्रो त्रैमास सम्म ११ अर्ब २९ करोड कुल बीमा शुल्क आर्जन गरेका छन्। गत वर्ष को दोश्रो त्रैमास सम्म निर्जीवन बीमा कम्पनीले ९ अर्ब ४० करोडको कुल बीमा शुल्क आर्जन गरेका थिए। निर्जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन रकममा २० प्रतिशतको वृद्धि देखिएको छ।

NCHL

त्यस्तै १५ निर्जीवन बीमा कम्पनीले ५ अर्ब ३६ करोड खुद बीमा शुल्क आर्जन गरेका छन्। अघिल्लो वर्ष यसै अवधिमा सो रकम ४ अर्ब ७२ करोड रुपैयाँ थियो। निर्जीवन बीमा कम्पनीहरुको खुद बीमा शुल्क आर्जन रकम १४ प्रतिशतले वृद्धि भएको छ।

सबै भन्दा धेरै बीमा शुल्क आर्जन गर्नेमा शिखर इन्स्योरेन्स पर्दछ। शिखर इन्स्योरेन्सले दोश्रो त्रैमास सम्म १ अर्ब ६७ करोड कुल बीमा शुल्क आर्जन गरेको छ भने ९० करोड ४९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ।

सबै भन्दा थोरै बीमा शुल्क आर्जन गर्नेमा युनाईटेड इन्स्योरेन्स पर्दछ। इन्स्योरेन्सले २३ करोड २४ लाख रुपैया कुल बीमा शुल्क आर्जन गरेको छ भने इन्स्योरेन्सले १५ करोड ५७ लाख खुद बीमा शुल्क आर्जन गरेको छ ।

युनाईटेडड इन्स्योरेन्सको कुल बीमा शुल्क आर्जन रकम र खुद बीमा शुल्क आर्जन रकम दुवै घटेको छ। कम्पनीको कुल बीमा शुल्क आर्जन रकम १४ प्रतिशतले घटेको छ भने खुद बीमा अशुल्क आर्जन रकम १० प्रतिशतले घटेको छ। त्यस्तै एन. एल. जी। इन्योररेन्सको खुद बीमा शुल्क आर्जन रकम २ प्रतिशतले घटेको छ।

प्रुडियन्सल इन्स्योरेन्सको कुल बीमा शुल्क आर्जन रकम सबै भन्दा धेरै ६९ प्रतिशतले वृद्धि भएको छ भने एभरेस्ट इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन रकम सबै भन्दा धेरै १९४ प्रतिशतले वृद्धि भएको छ।

१ अर्ब कुल बीमा शुल्क आर्जन गर्नेमा दुईवटा निर्जीवन बीमा कम्पनी छन्। शिखर इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्स सो सूचीमा पर्दछन।
अहिले सम्म कुनै पनि कम्पनीले १ अर्ब खुद बीमा शुल्क आर्जन गर्न सकेको अवस्था छैन।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x