IME Life

पहिलो दिनमै २ हजार ५ सय ८३ ले लिए एल.आई.सी.को ‘जीवन साथी’ योजना

SPIL
NIC ASIA


भ्यालेनटाइन् डे २०१९ को अवसर पारेर “रहने छ साथ, जीवन पश्चात्” भन्ने सन्देशका साथ एल.आई.सी. नेपालले ‘जीवन साथी’ नामक जीवन बीमा योजना बजारमा ल्याएको थियो ।

कम्पनीको प्रस्तुतीको पहिलो दिनमा कम्पनीले २ हजार ५ सय ८३ ओटा ‘जीवन साथी’ पोलिसीहरु बिक्री गर्न सफल भएको छ । देशभरमा यो बीमा योजनालाई ग्राहकहरुले अत्यधिक मन पराई पहिलो दिनमै यति धेरै संख्यामा पोलिसीहरु बिक्री भएकोमा एल.आई.सी. नेपालको कर्पोरेट कार्यालयमा ‘केक’ काटेर खुसीयाली मनाइएको छ ।

Prabhu
Crest

कम्पनीको प्रमुख कार्यकारी अधिकृत श्री एलपी दासले नया जीवन बीमा बिक्री शुरुवात गरिएको पहिलो दिनमा ‘जीवन साथी’ बीमा योजनाको बिक्री संख्या अहिलेसम्मकै ऐतिहासिक रहेको बताएका छन् । कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले चालु आर्थिक बर्षमा यो योजना सवैभन्दा बढी लोकप्रिय भई कम सेकम सय करोड बीमाशुल्क आर्जन हुने विश्वास व्यक्त गरेका छन् ।

यस बीमा योजना १८ देखी ६० बर्षसम्म उमेरका व्यक्तिहरुले यो जीवन बीमा लिन लिन सक्ने छन् । यस बीमा योजनामा न्यूनतम बीमाङ्क २ लाख कायम गरिएको छ भने अधिकतम बीमाङ्कको सीमा बीमा अन्डरराइटिङ्ग नियमानुसार जति पनि लिन सकिन्छ । यस योजनामा बीमा अवधि १५ बर्षको हुनेछ ।

बीमा अवधिमा बिमितको निधन भएमा बीमाङ्क र बोनस रकम निजको श्रीमान् वा श्रीमतीलाई प्रदान गरिन्छ र बाकी अवधिको लागि निजको श्रीमान्/श्रीमतीलाई बीमाङ्कको पचास प्रतिशत  निःशुल्क जीवन बीमा जोखिम बहन गरिन्छ । न्युन बीमाशुल्कमा लिन सकिने यो जीवन साथी योजनामा अधिकतम् ७५ लाखसम्मको दुर्घटना लाभ र स्थायी असक्तता लाभसमेत उपलब्ध छन् । २ वर्षको बीमाशुल्क भुक्तानीपश्चात् बिमितले कम्पनीबाट कर्जा तथा बीमा समर्पण सुविधासमेत लिन सक्ने व्यवस्था गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS