IME Life

सबैभन्दा पहिले दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गर्ने प्राईम लाईफ इन्स्योरेन्सको स्थिति कस्तो छ ? हेरौ कम्पनी बिश्लेषण

SPIL
NIC ASIA

कम्पनीको प्रकार : लाईफ इन्स्योरेन्स
Symbol: PLIC
सञ्चालक समिति :

व्यवस्थापन समिति:  मनोज कुमार भट्टराई, प्रमुख कार्यकारी अधिकृत
प्रधान कार्यालय : हात्तिसार, काठमाडौं
सेयर रजिष्ट्रार : नबिल इन्भेस्टमेन्ट बैंकिंग
वेबसाईट : http://www.primelifenepal.com

प्रमुख गतिविधी :
आर्थिक वर्ष ७५/७६ को दोश्रो त्रैमासको वित्तिय प्रतिवेदन निस्काशन गर्ने पहिलो इन्स्योरेन्स कम्पनी बनेको छ ।

Prabhu
Crest

प्राईम लाईफ इन्स्योरेन्सको आर्थिक वर्ष २०७५/७६कोे दोश्रो त्रैमासको वित्तिय विवरण :

कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोश्रो त्रैमासिक वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७५/७७ र २०७४/७५ बीच तुलना गर्दा :

  • कम्पनीले दोश्रो त्रैमास सम्ममा ९ करोड ५ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । यद्यपि, जीवन बिमा कम्पनीको हकमा एक्चुअरी मुल्यांकन हुन बाँकी भएकाले खुद नाफा भने एक्चुअरी मुल्यांकन पश्चात मात्र वास्तविक आउने छ ।
  • कम्पनीले दोश्रो त्रैमासको प्रतिवेदनमा प्रति शेयर आम्दानी १० रुपैयाँ १४ पैसा रहेको छ ।
  • कम्पनीको जगेडा ५ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा ९३ करोड ४१ लाख रहेको जगेडा यो त्रैमासमा ९७ करोड ९० लाख पुगेको छ ।
  • कम्पनीको जीवन बीमा कोषमा ३८ प्रतिशतले वृद्धि भएर ७ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, महाविपति जगेडाकोष कोषमा कम्पनीले ९ करोड ३९ लाख रुपैयाँ संचित छ ।
  • कम्पनीको यो त्रैमास सम्म कुल विमा शुल्क आर्जन रकम २६ प्रतिशतले वृद्धि भएर १ अर्ब २८ करोड रुपैयाँ पुग्दा खुद बिमा शुल्क आम्दानी गत त्रैमास भन्दा ३१ प्रतिशतले वृद्धि भएर १ अर्ब २२ करोड रुपैयाँ पुगेको छ ।
  • यस त्रैमाससम्ममा कुल दावी भुक्त्तानी रकम ४५ प्रतिशतले वृद्धि भएर २२ करोड ७८ लाख रुपैयाँ रहेको छ त्य्स्तै खुद दावी भुक्त्तानी रकम १७ करोड ७७ लाख रहेको छ जुन अघिल्लो आर्थिक वर्ष भन्दा ५१ प्रतिशतले वृद्धि भएको हो ।
  • कम्पनीको दोश्रो त्रैमासमा प्रतिशेयर नेटवर्थ १ सय ६० दशमलव १२ रुपैयाँ, प्रति शेयर कुल सम्पत्तीको मुल्य ६४२ रुपैयाँ रहेको छ ।
  • कम्पनीको भुक्तानी हुन बाँकी दावी रकम ८२ प्रतिशतले वृद्धि भएर १ करोड ९२ लाख रहेको छ ।
  • कम्पनीको कुल कायम रहेको बीमा लेख संख्या ८ प्रतिशतले कमी आउँदै ४ लाख ८६ हजार पुगेको छ ।

निष्कर्ष :
बीमा समितिले जीवन बीमा कम्पनीलाई २ अर्ब पुँजीको लक्ष्य दिएकोमा प्राईम लाईफ इन्स्योरेन्सले सो न्युनतम चुक्ता पुँजी हासिल गर्न सकेको छैन । कम्पनीले अझै आग्नो पुँजी १२ प्रतिशतले वृद्धि गर्न बाँकी छ । कम्पनीको खुद नाफा भने २१ प्रतिशतले घटेको छ ।
पुँजी १९३ प्रतिशतले वृद्धि भएको तर खुद नाफा २१ प्रतिशतले घट्दा कम्पनीको प्रति शेयर आम्दानी ७३ प्रतिशतले घटेर १० दशमलव १४ रुपैया पुगेको छ ।
कम्पनीले बीमा शुल्क आर्जन वृद्धि गर्न सफल भएको छ।

कम्पनीको विगत ५ वर्षको प्रमुख वित्तिय विवरण :

कम्पनीकोे विगत ५ वर्षको लाभास :
(प्रतिशतमा)

नेप्सेमा २०७५/१०/२१ गते कारोवार भएको ग्राफ
खुला :४७१ उच्च :४७९ न्यून :४६५ बन्द: ४७७

पिभोट टेबल
(२०७५/१०/२१ गतेको कारोवार अनुसार :

उपलब्ध तथ्यांक कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण बाट तयार गरिएको हो , यो विस्लेषण पूर्ण होइन लगानीकर्ताले कारोवारको निर्णय लिनु अघि थप अनुसन्धान गर्नु पर्ने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS