IME Life

प्राइम लाइफ इन्स्योरेन्सकाे बीमा शुल्क आय बढ्यो, मुनाफा भने घट्यो

SPIL
NIC ASIA

प्राइम लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब २२ करोड २८ लाख खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ, यो गत वर्षको यहि अवधिको तुलनामा ३०.९९ प्रतिशत अर्थात २८ करोड ९३ लाख रुपैयाँले बढी हो। गत वर्ष पुस मसान्तसम्म इन्स्याेरेन्स कम्पनीले ९३ करोड ३५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

Prabhu
Crest

कम्पनीले लगानी कर्जा तथा अन्य आयवाट ३६ करोड ९६ लाख रुपैयाँ र बीमालेख धितोमा कर्जाबाट ३ करोड १५ लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले बीमालेख धितोमा ७० करोड ४३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।
मुनाफामा संकुचन
समीक्षा अवधिमा कम्पनीले ९ करोड ५ लाख खुद नाफा गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २ करोड ४६ लाख रुपैयाँले कम हो । गत वर्ष कम्पनीले ११ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको व्यवस्थापन खर्च ४१.९४ प्रतिशतले बढ्दा खुद नाफामा कमी आएको हो । गत वर्ष १४ करोड ७२ लाख रुपैयाँ रहेको कम्पनीको व्यवस्तथापन खर्च यस अवधिमा २० करोड ८९ लाख रुपैयाँ पुगेको हो । तथापी जिबन बीमा कम्पनीहरुको बिमाङ्किय मुल्यांकन/एक्चुरि पछि कम्पनीको मुनाफामा फरक पर्न सक्ने कम्पनीले जारी गरेको वित्तीय विवरणमा उल्लेख छ ।

चुक्ता पूँजी दुई अर्ब नजिक
चुक्ता पूँजी १ अर्ब ७८ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ९७ करोड ९० लाख, जीवन बीमा कोषमा ७ अर्ब ६८ करोड ९७ लाख र महाबिपत्ती कोषमा ९ करोड ३९ लाख रुपैयाँ संचित छ । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले तोकेअनुसार जीवन बीमा कम्पनीहरुको चुक्ता पुंजी दुई अर्ब हुनुपर्नेमा प्राइम लाइफ इन्स्योरेन्सको चुक्ता पुंजी करिब २२ करोडले कम देखिन्छ। कम्पनीले हालसम्म कम्पनीले १३ अर्ब ४८ करोड ५२ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको छ ।

दाबी भुक्तानीमा तिब्रता
कम्पनीले १ हजार ६० दाबी बापत कूल २२ करोड ७८ लाख रुपैयाँको दाबी भुक्तानी गरेको छ भने ५५ दाबी बापत १ करोड ९२ लाख रुपैयाँ भुक्तानी हुन बाँकी छ । दाबी भुक्तानी जिबन बीमा कम्पनीहरुको बिश्वाशको आधार मानिने हुदा कम्पनीले दाबी भुक्तानीमा तिब्रता दिएको देखिन्छ । कम्पनीले हालसम्म १६ लाख ६६ हजार भन्दा बढी बीमालेख जारी गरेको छ ।

कम्पनीले प्रकाशित गरेको विवरण अनुसार कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ १४ पैसा, प्रतिशेयर नेटवर्थ १६० रुपैयाँ १२ पैसा र मूल्यआम्दानी अनुपात ४९.२९ गुणा बढी छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS