Prabhu Life Ad Final

महालक्ष्मी र नेपाल लाईफमा दुई जना डेपुटी सिईओ हुदाँ, अरुमा एउटा सिईओ पनि छैनन् ?

IME PAY

नेपालमा सञ्चालित कतिपय बीमा कम्पनीहरु अझै पनि नायव प्रमुख कार्यकारी अधिकृत कै भरमा चलेका छन् । बीमा समितिले गरेको व्यवस्था अनुसार बर्षाै देखि प्रमुख कार्यकारी अधिकृतको पद खाली रहँदा समेत समिति मुक दर्शक बनी रहेको छ ।

अहिले नेपालमा बीमा कम्पनीहरुको संख्या ४० पुगेको छ । जसमध्ये सानिमा लाईफ इन्स्योरेन्समा नायव प्रमुख कार्यकारी अधिकृतका रुपमा केशव राज केसी नियुक्त भएका छन् । तर, कम्पनीमा प्रमुख कार्यकारी अधिकृत भने छैनन् । त्यस्तै, प्रभु लाईफ इन्स्योरेन्समा कार्यवाहक प्रमुख कार्यकारी अधिकृतका रुपमा किशोर प्रसाद लामिछाने नियुक्त भएका छन् । ज्योति लाईफ इन्स्योेरेन्समा पनि नायव प्रमुख कार्यकारी अधिकृतमा प्रकाश विक्रम खत्री नियुक्त भएका छन् भने लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालमा कार्यवाहक प्रमुख कार्यकारी अधिकृतका रुपमा अभिजित घोष दस्तिदार नियुक्त भएका छन् । त्यसैगरी युनाईटेड इन्स्योरेन्स कम्पनीमा पनि कार्यवाहक प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भटट्राईलाई नियुक्त गरिएको छ । लामो समयसम्म पनि कम्पनीहरुले प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेका छैनन् ।

NCHL

तर, महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीमा नायव प्रमुख कार्यकारी अधिकृतका रुपमा कमल पन्थी र रामेश्वर श्रेष्ठ नियुक्त भएका छन् । त्यसैगरी नेपाल लाईफ इन्स्योरेन्स कम्पनीमा सुशिल कुमार चौधरी र सन्तोष प्रसाई नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त भएका छन् ।

बीमा समितिको व्यवस्था अनुसार प्रमुख कार्यकारी अधिकृतको पद बढीमा तीन महिना भन्दा बढी रिक्त राख्न पाईदैन । तर, कम्पनीहरुको उक्त पद बर्र्षाैे देखि रिक्त छ ।

बजारमा बीमा सम्बन्धित दक्ष जनशक्तिको अभावका कारण प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्न नसकिएको कम्पनीका सञ्चालकहरु बताउँछन् । तर, कुनै कम्पनीमा दुईजना सम्म नायव प्रमुख कार्यकारी अधिकृत राखिनुले भने सञ्चालकहरुले भने जस्तै बजारमा दक्ष जनशक्ति अभाव नभएको देखिन्छ ।

कम्पनी सञ्चालकहरुले आफुले चाहेजस्तो एस म्यान नभेटिएकाले पनि प्रमुख कार्यकारी अधिकृत नै नियुक्त नगरेको विज्ञहरु बताउँछन् । कतिपय कम्पनीले भने क्षमता र योग्यता भएका व्यक्तिलाई पनि नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने गरेका छन् । सेवा र सुविधा कम दिने भएकाले सञ्चालकले क्षमता भएकालाई पनि डेपुटीमा नियुक्त गरेका छन् भने लामो समयसम्म जागिर बचाई राख्न क्षमता भएका पनि प्रमुख कार्यकारी हुन नचाहेको सञ्चालकहरु बताउँछन् ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x