IME Life

७२ प्रतिशत पुँजी थप्न बाँकी प्रिमियर इन्स्योरेन्स कस्तो छ ? हेरौ कम्पनी विस्लेषण ।

SPIL
NIC ASIA

कम्पनीको प्रकार : निर्जीवन बीमा

Symbol: PIC

Prabhu
Crest

संचालक समिति:

  व्यवस्थापन समिति:

 

 

प्रधान कार्यालय :  नारायणचौर, नक्साल, काठमाडौँ

सेयर रजिष्ट्रार: प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड, नारायणचौर, नक्साल

वेबसाईट : www.premier-insurance.com.np

प्रमुख गतिविधि :

बीमा समितिले तोकेको निर्जीवन बिमा व्यवसाय गर्ने कम्पनीहरुले न्यूनतम चुक्ता पूँजी १ अर्ब हासिल गर्नु पर्नेमा कम्पनीले अझसम्म तोकिएको उक्त न्यूनतम चुक्ता पूँजी हासिल गर्न बाँकी रहेको छ ।

अहिले कम्पनीको पुँजी ५८ करोड ४० लाख रहेकोमा कम्पनीले १ अर्बको लक्ष्य हासिल गर्न अझै करिव ७२ प्रतिशतले आफ्नो पुँजी वृद्धि गर्नु पर्ने देखिन्छ।

कम्पनीले एफपीओको प्रिमियम प्रयोग गरी बोनस दिने र न्युनतम चुक्ता पुँजी पुर्याउने सम्भावना देखिएको छ। 

प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको आर्थिक वर्ष ७५/७६ को पहिलो त्रैमासको वित्तिय विवरण:

 प्रिमियर इन्स्योरेन्सको प्रथम त्रैमासको वित्तीय विवरण:

  • कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा खुद मुनाफा ४ करोड १२ लाख रुपैयाँ आर्जन गरेको छ । कम्पनीले गत वर्ष यही त्रैमासमा २  करोड १२ लाख रुपैया खुद नाफा गरेको थियो । खुद नाफा गत त्रैमास भन्दा ९४ प्रतिशतले वृद्धि भएको छ ।
  • कम्पनीले गत वर्ष बिक्रि गरेको एफपीओबाट संकलित प्रिमियम जगेडा कोषमा राखेकाले इन्स्योरेन्सको जगेडा कोषको आकार ४ सय १० प्रतिशतले वृद्धि भएर ६७ करोड १० लाख पुगेको छ ।
  • कम्पनीको बीमा कोष २४ प्रतिशतले वृद्धि गरेर ४२ करोड १५ लाख रुपैयाँ पुगेको छ भने महा विपत्ती कोषमा ३ करोड ८१ लाख रुपैयाँ राखेको छ ।
  • कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमास सम्म ४३ करोड २ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । कुल बीमा शुल्क आर्जन रकम अघिल्लो आर्थिक वर्षको प्रथम त्रैमास भन्दा ३ प्रतिशतले वृद्धि भएको छ ।
  • कम्पनीको खुद बिमा शुल्क आम्दानी गत त्रैमास भन्दा ४ प्रतिशतले वृद्धि भएर २२ करोड ६ लाख पुगेको छ ।
  • यस त्रैमास सम्ममा कुल दावी भुक्त्तानी रकम १३७ प्रतिशतले वृद्धि भएर ३० करोड १९ लाख रहेको छ भने खुद दावी भुक्त्तानी ११ करोड ९६ लाख रहेको छ जुन अघिल्लो आर्थिक वर्ष भन्दा २५ प्रतिशतले धेरै हो भने ९३ करोड ८१ लाख दावी भुक्तानी गर्न बाँकी छ ।
  • कम्पनीको प्रति शेयर आम्दानी ४९ प्रतिशतले वृद्धि हुँदै २८ रुपैया २२  पैसा पुगेको छ । प्रति शेयर आम्दानी अघिल्लो आर्थिक वर्षको प्रथम त्रैमासमा १८ रुपैयाँ ९४ पैसा थियो।
  • कम्पनीको प्रथम त्रैमासमा प्रतिशेयर नेटवर्थ २ सय ९३  दशमलव ६३ रुपैयाँ, प्रति शेयर कुल सम्पत्तीको मुल्य ५  सय ३१  रुपैयाँ रहेको छ ।

 निस्कर्ष:

करिव ७२ प्रतिशतले आफ्नो पुँजी वृद्धि गर्नु पर्ने भएकाले कम्पनीमा लगानीकर्ताको “चार्म” अझै राम्रो देखिन्छ।  कम्पनीले प्रिमियमको पैसा जगेडा कोषमा हाल्दा कम्पनीको जगेडा कोषमा निकै राम्रो सुधार देखिएको छ।  सो प्रिमियम कम्पनीले बोनस शेयर प्रदान गर्न प्रयोग गर्न सक्छ।

कम्पनीले खुद नाफामा ल्याएको उल्लेखनीय सुधारको कारणले गर्दा कम्पनीको प्रति शेयर आम्दानीमा पनि राम्रो सुधार देखिएको छ।

कम्पनीको बीमा शुल्क आर्जन रकम भने स्थिर रहेको छ।

 प्रिमियर  इन्स्योरेन्स कम्पनी लिमिटेडको वर्षको वित्तिय विवरण :

 अरु निर्जीवन बीमा कम्पनीसंग प्रिमियर इन्स्योरेन्सको तुलनात्मक अध्ययन ( पहिलो त्रैमासको आधारमा:

चुक्ता पुँजी र जगेडा कोषको आधारमा:

 

 

 

 

 

 

 


बीमा कोषको आधारमा :

 

 

 

 

 

 

 

 कुल र खुद बीमा शुल्क को आधारमा :

खुद नाफाको आधारमा :

 

 

 

 

 

 

 

 

प्रति शेयर आम्दानीको आधारमा :

 

 

 

 

 

 

 

लाभांसको ईतिहास:

 

 

 

नेप्सेमा २०७५/१०/१० गतेसम्म कारोवार भएको ग्राफ:

खुला:1058 उच्च: 1066  न्यून: 1046  बन्द:1059

 

 पिभोट टेबल :

(२०७५/१०/१० गतेको कारोवार अनुसार)

 

 

 

 

उपलब्ध तथ्यांक कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण बाट तयार गरिएको हो , यो विस्लेषण पूर्ण होइन  लगानीकर्ताले कारोवारको निर्णय लिनु अघि थप अनुसन्धान गर्नु पर्ने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS