जनसेवी लघुवित्तमा रोजगारीको अवसर

जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि केही कर्मचारी माग गरेको छ । संस्थाले सहायक चौथो तह शाखा प्रमुख केही र कनिष्ठ सहायक प्रशिक्षार्थी तेस्रो तहका लागि केही संख्यामा कर्मचारी आहवान गरेको छ ।

आबेदकहरुले हस्तलिखित निबेदन सहित हालसालै खिचिएको फोटो सहितको बायोडाटा, शैक्षिक योग्यता, कार्याअनुभव र नागरिकताको प्रतिलिपि संकलन गरि संस्थाले तोकिएको समय, स्थानमा दरखास्त दिन सक्नेछन् ।

ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले माघ २५ गते सम्म आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार