लक्ष्मी बैंकले ८.५० प्रतिशत बोनस सेयर दिने

लक्ष्मी बैंकले ८ दशमलव ५० प्रतिशत बोनस सेयर दिने भएको छ । बुधबार बसेको बैंकको सञ्चालक समितिको बैंठकले ८.५० प्रतिशत बोनस शेयर र उक्त बोनसमा लाग्ने करका लागि ०.४५ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउने छन् ।

हाल बैंकको चुक्ता पूँजी आठ अर्ब २२ करोड रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार