IME Life

चार निर्जीवन बीमा कम्पनीको मात्र पुग्यो चुक्ता पूँजी

SPIL
NIC ASIA

बीमा समितिको नियम अनुसार जीवन बीमा कम्पनीहरुले २ अर्ब र निर्जीवन बीमा कम्पनीहरुले १ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याउनु पर्ने हुन्छ  ।

चालु आर्थिक वर्ष २०७५/७६ को पहिलो त्रैमासको वित्तिय विवरण लाई आधार मानेर हेर्दा निर्जीवन बीमा कम्पनीहरुमध्ये केही कम्पनीहरुले मात्र चुक्ता पूँजी पुर्याएका  छन् । बीमा समितिले तोके अनुसारको पूँजी पुर्याउने कम्पनीहरुमा नेको इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्स र प्रभु इन्स्योरेन्स कम्पनी रहेका छन् ।

Prabhu
Crest

चुक्ता पूँजी पुर्याउने यी चार निर्जीवन बीमा कम्पनीहरु मध्ये सबै भन्दा बढी चुक्ता पूँजी भएको कम्पनी नेको इनस्योरेन्स कम्पनी रहेको छ । चालु आवको पहिलो त्रैमासको अवधिमा कम्पनीको चुक्ता पूँजी १ अर्ब १७ करोड ६२ लाख रुपैयाँ रहेको छ ।

यसैगरी नेको इन्स्योरेन्स पछाडी शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । यसको चुक्ता पूँजी १ अर्ब ५ करोड ७३ लाख रुपैयाँ रहेको छ । तेस्रो स्थानमा रहेको हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी १ अर्ब २ करोड ७२ लाख रुपैयाँ रहेको छ । यसै गरी चौथो स्थानमा रहेको प्रभु इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी १ अर्ब ५० लाख रुपैयाँ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS