महिला सहयात्रा माइक्रोफाइनान्सको साधारणसभा माघ पाँचमा, ८ प्रतिशत नगद लाभांस पारित गर्दै

महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्थाको वार्षिक साधारण सभा माघ ५ गते हुने भएको छ । सभामा महिला सहयात्राले ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाँदैछ । कम्पनीले ९६ लाख ८० हजार रुपैयाँ नगद लाभांशमा खर्च गर्न लागेको हो ।

सभामा आर्थिक वर्ष २०७४।७५ को वार्षिक प्रतिवेदन र सोही अवधिसम्मको नाफा नोक्सानमा छलफल गर्ने प्रस्तावहरु पनि पेश गरिंदैछ । आर्थिक वर्ष २०७५/७६ का लागि लेखापरीक्षक नियुक्ती गर्ने र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । सभा प्रयोजनको लागि कम्पनीले पुस १७ गतेदेखि बुक क्लोज गर्दैछ । यसआधारमा पुस १६ गतेसम्म कायम रहने सेयरधनीले मात्र नगद लाभांश सुरक्षित गर्न सक्नेछन् । यसको चुक्ता पुँजी १२ करोड १० लाख रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार