चालु आर्थिक बर्ष २०७५/७६ को पहिलो त्रैमास अवधिमा निर्जीवन बीमा कम्पनीहरुले ६७ करोड ४८ लाख रुपैयाँ मुनाफा आर्जन गरेका छन् । कम्पनीहरुले प्रकाशन गरेको वित्तिय विवरणमा कम्पनीहरुले पहिलो तीन महिनाको अवधिमा उक्त मुनाफा आर्जन गरेको देखिएको हो ।
कम्पनीहरुले आर्जन गरेको मुनाफाको आधारमा शिखर इन्स्योरेन्स सबैभन्दा अग्रपंक्तीमा छ । कम्पनीले तीन महिनाको अवधिमा १० करोड ५७ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ । नेको इन्स्योरेन्सले भने शिखर इन्स्योरेन्सलाई पछ्याई रहेको छ । कम्पनीले उक्त अवधिमा ५ करोड ६७ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।
एनएलजी इन्स्योरेन्स कम्पनीले ५ करोड १८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।
एभरेष्ट इन्स्योरेन्स कम्पनीले भने जम्मा ४६ लाख १४ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ ।
कम्पनीले आम्दानी गरेको खुद मुनाफाको विवरण