IME Life

निर्जीवन बीमा कम्पनीहरुको बीमा कोष सवा नौ अर्ब पुग्यो

SPIL
NIC ASIA

निर्जीवन बीमा कम्पनीहरुको बीमा कोषमा ९ अर्ब १७ करोड रुपैयाँ पुगेको छ । कम्पनीहरुले प्रकाशन गरेको वित्तिय विवरण अनुसार चालु आर्थिक बर्षको पहिलो तीन महिनाको अवधिमा कम्पनीहरुको कोषमा उक्त रकम जम्मा भएको देखिएको हो ।

कम्पनीहरुले प्रकाशन गरेको वित्तिय विवरण अनुसार राष्ट्रिय बीमा कम्पनीको बीमा कोषमा धेरै रकम जम्मा भएको देखिएको छ । चालु आवको पहिलो त्रैमाससम्ममा कम्पनीको कोषमा १ अर्ब ३७ करोड रुपैयाँ जम्मा भएको छ । नेशनल इन्स्योरेन्स कम्पनीको कोष्मा ९९ करोड ८३ लाख रुपैयाँ छ भने शिखर इन्स्योरेन्सको कोष्मा ९० करोड ४० लाख रुपैयाँ जम्मा भएको छ ।

Prabhu
Crest

कम्पनीहरुको जगेडा कोषमा भने ४ अर्ब ८७ करोड रुपैयाँ जम्मा भएको छ । राष्ट्रिय बीमा कम्पनीको जगेडा कोषमा २ अर्ब ९ करोड रुपैयाँ जम्मा भएको छ । त्यसैगरी प्रिमियर इन्स्योरेन्स कम्पनीको जगेडा कोषमा ६७ करोड १० लाख रुपैयाँ जम्मा भएको छ । सगरमाथा इन्स्योेरेन्स कम्पनीको कोषमा भने ५५ करोड ७२ लाख रुपैयाँ जम्मा भएको छ ।

निर्जीवन बीमा कम्पनीहरुको महाविपत्ति कोषमा भने ५६ करोड ४१ लाख रुपैयाँ जम्मा भएको छ । निर्जीवन बीमा कम्पनीहरुमध्ये सिद्धार्थ इन्स्योरेन्स कम्पनीको महाविपत्ति कोषको आकार ठूलो छ । चालु आवको पहिलो त्रैमाससम्ममा कम्पनीको कोषमा ८ करोड ३८ लाख रुपैयाँ जम्मा भएको छ । त्यसैगरी सगरमाथा इन्स्योरेन्स कम्पनीको कोषमा ८ करोड ३८ लाख र एभरष्ट्र इन्स्योरेन्स कम्पनीको कोषमा ७ करोड ४८ लाख रुपैयाँ जम्मा भएको छ ।
कम्पनीहरुको कोषहरुको विवरण
रकम रु हजारमा

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS