IME Life

सम्पति बीमा निर्देशीका परिमार्जित, सम्पत्ति बीमाको शूल्क ६५ प्रतिशतले घट्ने

SPIL
NIC ASIA

बीमा समितीले सम्पती बीमा निर्देशिका परिमार्जन गरेको छ । जसमा बीमा शूल्क ६५ प्रतिशतसम्म घट्ने भएको हो । बीमा समितीले २०५८ सालको सम्पती बीमा निर्देशिका परिमार्जन गरेपछि बीमा शूल्क घट्ने भएको हो । आईतबार पत्रकार सम्मेलन मार्फत बीमा समितीका अध्यक्ष चिरजिवी चापगाँईले बीमक संघ र बीमा समितीको सहकार्य गरेर निर्देशिका परिमार्जन गरेको बताएका छन् ।

यसमा सबैलाई समेटेर यसको दायरा फराकिलो बनाएर अघि बढाउने लक्ष्य रहेको बताए । समितिले गरेको परिमार्जन अनुसार १ करोड रुपैयाँभन्दा कम मूल्यको घरको बीमा गराउँदा प्रतिहजार रुपैयाँको ४० पैसाका दरले बीमा शुल्क तिरेर बीमा गराउन सकिने भएको छ । यस्तो बीमामा हुलदंगा तथा आतंकबाद जोखिम भने समावेश हुने छैन । यो शुल्क अनुसार १ करोड रुपैयाँको घरको बीमा बार्षिक ४ हजार रुपैयाँ बीमा शुल्कमा गर्न सकिनेछ ।

Prabhu
Crest

जमिनमा आधारित सम्पत्तिको लागि अग्नी बीमाको हालसम्म प्रचलनमा रहेको अग्नी बीमा सम्बन्धी सामान्य नियमहरु २०५८ असान्दर्भिक भैसकेको र वर्तमान बीमा बजारमा भएका थुप्रै बीमित र बीमक मैत्री नयाँ सिद्धान्त, अभ्यास र प्रचलनहरु अद्यावधिक हुन नसकेको कारण , अग्नी बीमादर सम्बन्धि सामान्य नियमको भाषाशैली, प्रस्तुती र ढाँचा जटिल भएको कारण यस निर्देशीका परिमार्जन गरिएको हो ।

यस्तो ब्यवस्थाले हाल प्रचलनमा रहेको अनिवार्य जोखिम (अग्नी र भूकम्प) सहित सबै बीमायोग्य जोखिम लिदा समेत कूल बीमा शुल्कमा औसतमा ६५ प्रतिशतका दरले बीमा शुल्क घटी हुने भएको छ । जसको कारणले गर्दा बीमाको दायरामा व्यापक वृद्धि हुने विश्वास समितीले लिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS