IME Life

प्रत्येक बर्ष नयाँ बीमा योजना ल्याउँछौ: मनोज कुमार भट्टराई,सीइओ-प्राईम लाईफ इन्स्योरेन्स

SPIL
NIC ASIA
मनोज कुमारभट्टराई ,प्रमुख कार्यकारी अधिकृत, प्राईम लाईफ इन्स्योरेन्स

नेपाल औद्योगिक विकास निगमबाट आफनो करिअर सुरु गरेका मनोज कुमार भट्टराईले बीमा क्षेत्रमा करिब २० बर्ष विताईसकेका छन् । नेपाल लाईफ इन्स्योरेन्स, ग्रान्ड बैंक हुँदै अहिले उनी प्राईम लाईफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

प्राईम लाईफमा उनको यो दोस्रो कार्यकाल हो । उनको आफनो काम प्रतिको लगनशिलताका कारण नै कम्पनीलाई आफुलाई दोस्रो कार्यकालको लागी नियुक्त गरेको उनको दाबी छ । बीमा, बैंक तथा अन्य विभिन्न प्रोजेक्टको समेत अनुभव बटुलेका भटट्राई बीमा क्षेत्रमा काम गर्दा बढी सन्तुष्ट मिलेको बताउँछन् । उनको बिचारमा बिमा व्यवसाय मात्रै हैन सेवा पनि हो । अरुको जोखिम लिदै र सुरक्षित बनाउँदै गरिने व्यापार भएकाले यसमा चुनौती र अवसर दुवै भएको बताउँछन । यसै सन्दर्भमा कम्पनीको आगामी योजना र यसकोे गतिविधीमा आधारीत रहेर प्राईम लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत भट्टराईसँग इन्स्योरेन्सखबरकर्मी रिना खत्रीले गरेको कुराकानीको सार :

Prabhu
Crest

हालको सम्रग बीमा बजार कस्तो रहेको छ ?
विगत चार पाँच बर्षदेखि बिमा बजार राम्रो हुँदै गएको छ । चार पाँच बर्षभन्दा अघिको बार्षिक वृद्धिदरमा र हालको बार्षिक वृद्धिदर हेर्ने हो भने धेरै गुणाले बृद्धि भएको देख्न सकिन्छ । जीवन बीमाको हकमा भन्नुपर्दा यसको अवधी लामो हुने हुन्छ र नवीकरणको बीमा पनि थपिदै जान्छ । नयाँ बीमा पनि आउदै जान्छ । औसतमा हेर्ने हो भने पनि आगामी दिनहरुको भन्दा राम्रो वृद्धिरमा देख्न सकिन्छ ।

नयाँ कम्पनीहरु सञ्चालन आएपछिको नेपालको बिमा कम्पनीहरुको अवस्था कस्तो छ ? नयाँ कम्पनीहरु आएसँगै व्यवसाय पनि बढेको हो ।
नयाँ कम्पनी आएसँगै पूराना कम्पनीहरुलाई फाईदा नै हुन्छ । बीमा कम्पनीहरुको विस्तारसँगै जनचेतना र विश्वासको वातावरण समेत तय भएको छ । केही हदसम्म यो कुरा सत्य पनि हो । विगतको दिनमा केही सिमित बीमा कम्पनीहरु रहेको थियो । सिमित बीमा कम्पनीहरुका अभिकर्ताहरुले बीमाको बारेमा बुझाउदाँ वा चेतना दिदाँ तुरुन्तै विश्वास गरिहाल्ने वातावरण भनेको थिएन् । केही सिमित व्यक्तिले मात्र बीमाको कुरा गर्दा विश्वास पनि गर्दैनथ्यो । तर नयाँ कम्पनीहरुको विस्तार भएसँगै सबैजनाले बीमाको बारेमा भनिरहदा यो गलत कुरा हैन रहेछ भन्ने धारणा आमजनमानसमा आउँछ । यदि गलत भएको भए किन यती धेरै मानिसहरुले यसको कुरा गर्छ । सङख्यात्मक हिसाबले यसको प्रचार भएको कारण बीमा गर्नु ठिक हो भन्ने जानकारी सबैमा पुग्न जान्छ । तर नयाँ बीमा कम्पनी थपीएसँगै जुन रुपमा जुन रुपमा व्यवसाय बढ्नुपर्ने हो । उक्त अवस्थामा भने बजार बढ्न सकेको छैन । बीमा भन्दा पनि मानिसहरुले एकमुष्ट प्रिमियम तिर्यो भने ऋण पनि पाईन्छ । बीमा पनि सित्तैमा पाईन्छ, भनेर अलि फरक ढ्ङगबाट प्रस्तुत भएको कारणले पनि बीमामा प्रिमियमको हिसाबले बढेको देखिन्छ । बीमा नयाँ कम्पनीको बिस्तारसगै स्वस्थ्य रुपमा बीमा गराउनेको वातावरण भने तय गर्न सेकेको छैन ।

बीमा सम्बन्धि आम जनमानसमा कस्तो बुझाई रहेको पाउँनुहुन्छ ?
मेरो आजसम्मको बीमा प्रतीको बुझाईलाई हेर्ने हो, जुन हिसाबबाट बीमाको बजार विस्तार गर्ने भन्ने धारणाबाट हिडिरेहेका छौ त्यो हिसाबमा भन्ने हो भने बीमाको शिक्षा नै दिन सकेका छैनौ । बीमाको जनचेतना बीमा सम्बन्धि हामीले न्यून कुरा पनि बुझाउन सकेका छैनौ बीमा केका लागि भनेर बुझाउन सकेका छैनौ । अझै पनि बीमा गराउदाँ बीमा बुझाएर बीमा गराईरहेका छैन । बीमा के हो भनेर बुझाउनुभन्दा पनि यसका अन्य लाभहरुको आश्वासन दिएर बीमा गराईरहेका छन् । अझै पनि बीमीतहरु मिसगाईड नै भईरहेको छ । सही ढङगबाट बीमा भईरहेको छैन । सङख्यात्मक रुपमा प्रिमियमको रुपमा बीमा बढेको छ । जुन हिसाबले बीमा कम्पनीहरुको सङख्या बढेपनि अभिकर्ताहरुको सङख्या बढेपनि सही रुपबाट बीमीतलाई बीमाको बारेमा बुझाउन भने सकेको छैन ।

समितिले दिएको पहिलो अवधि भित्र तपाईको कम्पनीले पूँजी जुटाउन सकेन ? अबको छ महिना थप समय छ । यो समयमा पूँजी बढाउने कस्तो योजना छ ?
बीमा समितीले दिएको पहिलो चरणको अवधी अझैपनि बाँकी नै छ । समितीले कम्पनीहरुले २०७५ असार मसान्तसम्ममा गरेको मुनाफा बाँडेर पनि यदि पुँजी पुग्छ भने त्यसलाई हामी पँुजँी पुगेको मान्छौ भनेको छ । यो आधारमा कुरा गर्ने हो भने आजको मितीमा प्राईम लाईफको पुँजी पुगीसकेको छ । पुँजी पुगीसकेको छ म किन भनिरहेको छु भने कम्पनीले १ अर्ब ७८ करोड २२ लाख पुँजी पुगी नै सकेको छ । अब हामीले करीब २१ करोड चानचुनको पुँजी पुर्याउन बाँकि रहेको छ । कम्पनीले आज पनि शेयरहोल्डरहरुलाई बाड्न सक्ने मुनाफा करीब–करीब ४४ करोड रहेको छ । समितीले जबसम्म हाम्रो ब्यालेनसिट स्वीकृत गदैन । तबसम्म हामीले बार्षिक साधारणसभा गर्न सक्दैनौ । जबसम्म बार्षिक साधारणसभा हुदैन तबसम्म हामी बोनस शेयर बाड्न सक्दैनौ । यो कुरा हाम्रो हातमा भन्दा पनि नियमनकारीको हातमा रहेको हुन्छ । नियमनकारी निकायले यदि कुनै कम्पनीहरुको ७५ सालको असार मसान्तसम्ममा शेयर हेल्डर फन्डमा बाड्न सक्ने मुनाफाको रकम जोड्दा फेरी पुँजी पुगेको छ भने पूँजी पुगेको भन्नुपर्छ । बीमा समितीले साधारणसभा हुदै गर्छ शेयरहेल्डरलाई बोनस बाडी देउ भन्यो भने हामी तयार छौ । अन्य कम्पनीको बारेमा मलाई थाहा भएन हाम्रो कम्पनीको पुगेको छ ।

नयाँ बीमा बिद्येयक संसदमा पुगेको छ । अब आउँने ऐनमा कस्तो खालको अपेक्षा गर्नु भएको छ ?
विधेयक एक नितान्त कुरा हो । हामी एक व्यवसायी हौ । मुलुकको कानुन अनुसार व्यवसायी हौ । बीमा बिधेयक र बीमा समितीबाट बेलाबखतमा निर्दशन हुने निर्देशीकाको पालना गरेर हामी कम्पनी संचालन गरिरहेका हुन्छौ । हाम्रो एउटै भनाई के रहेको छ भने हामी बलियो हुन, राम्रो हुन बीमा बजार नै राम्रो हुनको लागि हाम्रो नियमनकारी निकाय बलियो हुनुपर्छ । विगतको दिनमा फर्केर हेर्ने र आजको दिनमा हेर्ने हो भने बैंक प्रति ग्राहहरुको विश्वास अत्याधिक बढेको छ र पहुँच पनि त्यक्ति मात्रमा नै बढेको छ । कुनै बेला १७-१८ प्रतिशत मात्र पहँुच थियो भने आज बैंकको आज ६० प्रतिशत बैंकको पहुँच बृद्धि भईसकेको छ । राष्ट्र बैंक बलियो भएको कारणले गर्दा मानिसहरुले यसमा विश्वास गर्न थालेका छन् । उक्त विश्वासको वातावरण पनि बीमामा आउन जरुरी रहेको छ । भोलिको दिनमा बीमीतले कुनै पनि कम्पनीमा बीमा गर्दा भोलिको दिनमा कम्पनी राम्ररी संचालन हुन सकेन र कम्पनीले भोलिको दिनमा कुनै बदमासी गर्यो भने पनि बीमा गरेको बीमीतको सुरक्षाको वातावरण तय गरिनुपर्छ । बेला–बेलामा कम्पनीको सर्भे गनुपर्छ । एउटा कम्पनीले बदमासी गरयो भनेर नयाँ निर्देशीका जारी गर्नु भएन । जो चिजको पनि सिस्टम बजाएर अघि बढ्नुपर्ने रहेको हुन्छ ।

तपाईको कम्पनी र प्राईम लाईफको प्रडक्टमा के फरक छ ?
हाम्रो कम्पनीले प्राईम जीवन उपहार (अग्रिम भुक्तानी एवं सवाधिक) मा बीमाङ्क डब्बल प्रिमियम सिगंल योजना ल्याएको छ । प्राईम लाईफ इन्स्योरेन्सको प्राईम जीवन उपहार योजनमा प्रिमियम सिगंल र बीमाङ्की डबल पाउने व्यवस्था गरिएको छ । । जसमा बीमीतले एउटा बीमा खरीद गर्दा प्रारम्भ मितीले पहिले बार्षिकोत्सवमा अर्को बीमा उपहार स्वरुप सित्तैमा पाउने व्यवस्था रहेको छ । बीमीतले बीमाङ्की डबल पाएपनि प्रिमियम भने सिगंल नै तिनुपर्ने फाईदा रहेको छ । यस बीमा योजना १६ देखि ५४ बर्षसम्मको व्यक्तिले खरीद गर्न पाउने व्यवस्था गरिएको छ । यसका साथै अन्य योजनाहरुमा प्राईम लाईफ सुरक्षित आवास जीवन बीमा योजना, प्राईम लाईफ धन सागर योजना, प्राईम लाईफ स्वर्णिम जीवन बीमा, प्राईम लाईफ सरल बीमा योजना रहेको छ ।

नयाँ विद्येयकमा बिमा अभिकर्ताहरुले एउटा मात्रै कम्पनीमा काम गर्न पाउँने व्यवस्था गरिएको छ । हजुरको बिचारमा के लाग्छ ?
बीमालाई राम्रोसगँ अघि बढाएर लग्ने हो भने यो विधेयकले पक्कै पनि राम्रो काम गर्छ । एउटा भन्दा बढी कम्पनीमा काम गर्दा जताबाट फाईदा हुन्छ त्यसै अनुरुप बीमा गराईरहेको हुन्छ । बीमीतको चाहाना अनुसार पोडक्टहरु सेल भएको हुदैन । यहीबाट मिस सेलिङको पनि कुरा आउन सक्छ । कम्पनीले पनि अभिकर्ताहरुको क्षमता अभिवृद्धिको लागि लगानी गरिरहेको हुन्छ ।

समितिले नयाँ तालिम केन्द्र स्थापना गरेको छ । यसबाट तपाईहरुले कस्तो अपेक्षा राख्नु भएको छ ?
यसले बीमाको बजार पक्कै पनि सहयोगी भूमिका निर्वाह गर्दछ । बीमा बजार दक्ष जनशक्ति अभाव रहेको छ । बीमाको बजारमा अझै पनि दक्ष जनशक्तिको अभाव रहेको छ । बीमाको क्षेत्रमा काम गर्न चाह्ने कर्मचारीहरुको पनि रुची कमी नै देख्न पाईन्छ । सायद अबको दिनमा यसले सही ढङगबाट काम गरेर अघि बढ्न सहयोग गर्दछ ।

बिमा चेतनाका लागी तपाईले कति रकम विनियोजन गरेको छ ।
हामी ठाँउ–ठाँउमा गएर बीमा चेतनाको कार्यक्रम राखिरहेका हुन्छौ । अभिकर्ताहरुको क्षमता अभिवृद्धि लागि तालिमहरु पनि गरिरहेको हुन्छौ । बीमाको अन्तक्रिया कार्यक्रम गररहेका हुन्छौ । फागुन महिनामा प्रदेशका व्यक्तिहरुको लागि बीमा चेतनाको तालिम आयोजना गर्ने तयारीमा छौं ।

बीमा चेतना बढाउन बीमा समितीले गर्नुपर्छ ?
बीमाको बजार बढाउनको बीमा चेतनामा ध्यान दिनु जरुरी रहेको छ । सही ढ्ङगबाट बीमा चेतना दियो भने मात्र बीमाको बजारमा वृद्धि हुन सक्छ । बीमा कम्पनीको तर्फबाट बीमा सम्बन्धि चेतनाको लागि जतीसुकै कुरा गरेपनि कम्पनीको विज्ञापनको लागि आएको हो भन्ने मानसिकता पर्न जान्छ । त्यसैले बीमा समितीले बीमा गर्दा कुन–कुन कुरामा ध्यान दिने, कस्तो अवस्थामा बीमाको मिससेलिङ हुन्छ । बीमाको बारेमा बुझनेको सङख्या ज्यादै न्यून भएको कारण विभिन्न बीमा सम्बन्धि अन्तक्रिया कार्यक्रमहरु बेला–बेलामा राख्ने गर्नुपर्दछ । बीमा कम्पनीहरुले पत्रकारहरुलाई पनि तालिम दिन आवश्यक छ । पत्रकारहरुलाई तालिम दिदाँ सही सूचना समेत सम्पेषण हुने हुदाँ यसमा पनि ध्यान दिन जरुरी रहेको छ ।

कम्पनीहरुले अझै पनि समयमा दाबी भुक्तानी गर्देनन् भन्ने गुनासो छ नि ?
यदि कम्पनीलाई बीमीतले आवश्य कागजातहरु ल्याएर दिएको खण्डमा दाबी भुक्तानी दिनमा हिचकिचाउँ पर्देन । कम्पनीहरुको पनि आफनो नियम र परिधि भएको कारणले गर्दा आवश्यक कागजात पुगेको खण्डमा हामीले दाबी भुक्तानी सहज रुपमा दिईरहेका हुन्छौ । यदि दाबी पाउने अवस्थामा पनि कम्पनीले दाबी दिएको छैन भने कम्पनीलाई कारबाही पनि गर्नुपर्छ ।

बिमा क्षेत्रका चुनौतीहरु के के छन् ?
मुख्यत : बीमा क्षेत्रको चुनौतीको रुपमा बीमा चेतना नै रहेको छ । जनशक्तिको आधारमा कम्पनीहरुको सङख्या बढी भएको छ । मुलुकको सङख्या अनुसार कम्पनीहरु बढी रहेको नै रहेको छ । मिस सेलिङको घटनाहरु पनि नित्याईरहेको छ । बजारमा जसले राम्रो काम गरेर जुन कम्पनी अघि बढ्न सक्छ । त्यो कम्पनीलाई राम्रो अवसरहरु पनि रहेको छ । मिस सेलिङको कुरा आउदा एउटा कम्पनीले गर्दा सम्रग बीमा बजारमा यसको असर पर्न गएको छ । बीमा कम्पनीमा दक्ष जनशक्तिको अभाव पनि रहेको छ । बीमाको क्षेत्रमा काम गर्न कर्मचारीहरुको आकर्षण कम रहेको छ ।

आगामी दिनमा कम्पनीलाई अघि बढाउन कस्तो रणनिती बनाउँनु भएको छ ?
प्रत्येक एक बर्षमा नयाँ योजना ल्याउने हाम्रो योजना रहेको छ । यो कम्पनीलाई अग्रस्थानमा पुव्याउने कम्पनीको विश्वनीयताको वातावरण तय गराउने र आकार बढाउने रहेको छ । यदि नयाँ योजना ल्याउन नसकेको खण्डमा पूरानै योजनामा थप सुविधा दिने रहेको छ । सेयर होल्डरहरुलाई न्यूनतम रिर्टन दिने योजना रहेको र यहाँ कार्यरत कर्मचारीहरुको क्षमता अभिवृद्धिमा ध्यान दिने रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS