डिप्रोक्स लघुवित्तले प्रस्ताव गर्यो २० प्रतिशत लाभांश

Citizen Life Insurance Co

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले २० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको २३४ औँ बैठकले १० प्रतिशत बोनस र १० प्रतिशत नगद गरी कुल २० प्रतिशत लभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुने कम्पनीले जनाएको छ । डिप्रोक्सले हाल कायम रहेको ७० करोड ३१ लाख ४०१ रुपैयाँ चुक्ता पुँजीबाट प्रस्तावित बोनस र नगद लाभांश दिन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार