IME Life

प्रभु इन्स्योरेन्सको बीमाशुल्क ७ प्रतिशतले बढ्यो

SPIL
NIC ASIA

प्रभु इन्स्योरेन्स कम्पनीको चालु आर्थिक बर्ष २०७५/७६ मा बीमाशुल्क आर्जन ७ प्रतिशतले बढेको छ । गत आवको त्रैमाससम्ममा कम्पनीले २५ करोड ३४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको थियो । यस आवको पहिलो त्रैमासको अवधिमा कम्पनीले २७ करोड २० लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

कम्पनीले प्रकाशन गरेको गत आवको पहिलो त्रैमासको वित्तिय विवरण अनुसार कम्पनीमा १७ हजार २ सय २४ बीमालेख कायम रहेको थियो । यो आवको सोही अवधिमा कम्पनीमा १८ हजार ६ सय ७० बीमालेख कायम रहेको छ । त्यस्तै, यस आवको त्रैमास सम्ममा कम्पनीले १५ करोड ४३ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १८ प्रतिशतले बढी हो ।

Prabhu
Crest

कम्पनीले ६ सय ५ वटा दाबीको भुक्तानी गरेको छ । भने ५ सय ७७ वटा दाबीको भुक्तानी भएको छैन । कम्पनीको जगेडा कोष २० प्रतिशतले बढेर १९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको जगेडा १५ करोड ७५ लाख रुपैयाँ थियो । कम्पनीको प्रति शेयर आम्दानी ३ रुपैयाँ रहेको छ । यस्तै प्रति शेयर नेटवर्थ १६४ रुपैयाँ छ । भने प्रति शेयर कूल सम्पतीको मूल्य २४३ रुपैयाँ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS