सातौ कर दिवसमा बीमा कम्पनीहरुको तर्फबाट पुर्नबीमा कम्पनी सम्मानित

Citizen Life Insurance Co

सातौ कर दिवसको अवसरमा नेपाल पुर्नबीमा कम्पनी सम्मानित भएको छ । बीमा व्यवसायतर्फ सबैभन्दा बढी कर भुक्तान गरे बापत सरकारलाई पुर्नबीमा कम्पनीलाई सम्मान गरेको हो ।

कर दिवसका अवसरमा सरकारले विभिन्न क्षेत्रबाट धेरै कर तिर्ने १५ संस्था तथा व्यक्तिलाई सम्मान गरेको छ । विभागले स्वास्थ्य तथा शिक्षा सेवा, पर्यटन,  होटल्स, व्यापार, सहकारी तथा लघुवित्त, बैंक र वित्तीय संस्था, बिमा व्यवसाय, स्वास्थ्य तथा शिक्षा सेवा लगायत विभिन्न क्षेत्रगत आधारमा बढी कर तिर्ने करदाताहरुलाई सम्मान गरेको छ ।

संस्थागततर्फ सूर्य नेपालले सबैभन्दा बढी र व्यक्तिगततर्फ सबैभन्दा बढी कर तिर्ने सिद्धार्थ शमशेर जबरालाई अर्थमन्त्री डा. युवराज खतिवडाले सम्मान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार