गणपति माइक्रोफाइनान्सले आईपीओ जारी गर्ने

गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाले आईपीओ जारी गर्ने भएको छ । संस्थाको शुक्रबार सम्पन्न साधारणसभाले, सय रुपैयाँ अंकित ३ लाख कित्ता आईपीओ जारी गर्ने निर्णय गरेको हो ।

साधारणसभाले उपयुक्त संस्था भेटेमा मर्ज तथा एक्विजिसन प्रक्रिया अघि बढाउनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि पारित गरेको छ ।

तनहुँमा केन्द्रीय कार्यालय रहेको संस्थाले ६३ करोड ५ लाख २२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको संस्थाले १५ करोड ३७ लाख रुपैयाँ बचत संकलन गरको छ । त्यस्तै खुद नाफा ४९ लाख ३९ हजार रुपैयाँ पुर्याएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार