IME Life

रमाईलो तिहार, देउसी भैलोबाट संकलन भएको रकमले बीमा गरौँ !

SPIL
NIC ASIA


नेपालीहरुको महान पर्वहरु मध्ये तिहार पनि एक हो । सप्तरङ्गी फुलको माला, बत्तिहरुको झिलिमिलि अनि संगै  देउसी भैलो जस्ता कार्यक्रमले गर्दा अन्य पर्वहरुको तुलनामा यो पर्व लाई विशेष पर्वको रुपमा लिईन्छ । यस पर्वमा दिदि भाई बीचमा एक किसिमको माया साटासाट गरिन्छ । दिदि बहिनिहरुले दाजुभाईहरुलाई लाखौं लाख दिर्घायुको कामनाका साथमा भाई टिका लगाउने परम्परा पहिले देखि नै चली आएको पाईन्छ । साथै धन लाभ होस् र कमाएको धन सम्पत्तिको पनि रक्षा होस् भन्ने मनकामनाका साथमा लक्ष्मी पुजाँ गर्ने गरिन्छ । यी विभिन्न किसिमका विशेष मौलिक विशेषता बोकेकोले अरु पर्वहरु भन्दा तिहार लाई बेग्लै पर्वको रुपमा चिनिन्छ  ।

आफ्नै मौलिक पहिचान बोकेको नेपालीहरुको महान चाड तिहारमा देउसी भैलो खेल्ने परम्परा पनि पहिले देखि नै रहि आएको देख्न सकिन्छ । तिहारमा खेलिने देउसी भैलोमा मनोरञ्जनका साथै मनग्ने पैसा पनि बटुल्ने गरिन्छ । देउसी भैलो कार्यक्रमबाट संकलन भएको पैसा हामिले फजुल खर्चमा नै सक्छौ । भैलो खेल्ने परम्परामा दुुई कुराहरु जोडिएका छन् । एउटा हो मनोरञ्जन । वर्ष दिनमा आएको चाडमा रमाईलो गर्ने उद्देश्यले भैलो खेल्ने कार्यक्रम राखेको पाईन्छ । देउसी भैलो कार्यक्रम प्राय सबै उमेरका व्यक्तिहरुले खेल्ने गरेको पाईन्छ । रात दिन नभनिकन यो पर्वमा खेलिने देउसी भैलौ कार्यक्रमले सारा मानिसहरुको वर्ष दिन सम्म गुम्सिएर रहेको चाहना, ईच्छा र वेदनाहरु लाई पनि गित संगितको भाकामा व्यक्त गर्ने गर्दछन् । यसरी के भन्न सकिन्छ भने द्यौसि भैलो खेल्ने कार्यक्रम मनोरञ्जनका लागि हो ।

Prabhu
Crest

यस्तै अर्को कारण हो पैसा संकलन गर्नु । तिहारमा देउसी भैलो रमाईलोका साथ साथै पैसा संकलन गर्ने उद्देश्यले पनि खेल्ने गरेको पाईन्छ । तिहारमा देउसी भैलो खेलेर धेरै रकम जम्मा गर्ने गरिन्छ । देउसी भैलो खेलेर कमाएको रकम कतिपयले यत्तिकै सक्ने गर्छन् भने कतिपयले केही व्यवसायमा संयुक्त रुपमा लगानि पनि गर्ने गर्छन् । विभिन्न समुह, संस्था बाट पनि आजकल त तिहारमा देउसी भैलो खेल्ने गरेको पनि पाईन्छ ।

भैलोबाट केटाकेटीले  पाएको नगदलाई बचतमा परिवर्तन गर्न बीमा गर्न सकिन्छ । आजको सानो बचतले भोलिको ठुलो काम बन्न सहयोग गर्ने छ । बैंकमा बचत गरेको रकमले तपाई लाई ब्याज मात्र दिन्छ । र तपाईलाई मन लागेको बेलामा झिक्न सक्ने वातावरण बैंकमा रहेको हुन्छ । त्यसैले तपाईले जम्मा गरेको रकम झिक्दा झिक्दै सकिन पनि सक्छ । त्यसैले तपाईले बीमा गर्नु भयो भने उत्तम हुन सक्ला । तपाईले आज एउटा बीमा पोलिसि खरिद गर्नु भयो भने तपाईको जीवनमा पर्न सक्ने भवितव्य जोखिम लाई सामना गर्नका राहत पुग्ने गर्दछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS