नेशनल लाईफ इन्स्योरेन्सको हकप्रद शेयर लिलामिमा

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर लिलामि प्रक्रिया बाट बेच्ने भएको छ । कम्पनीले २ लाख ७८ हजार ११९.३४ कित्ता शेयर लिलामीबाट बेच्ने भएको हो ।

बिक्री प्रबन्धकका रुपमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ । आवेदन मिति कात्तिक १५ देखि २६ गते सम्म तोकिएको बिक्रि प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडले जानकारी दिएको छ ।

यसको शेयर खरिद गर्न बोलपत्र आवेदन फाराम एनआईबिएल एस क्यापिटल लिमिटेडको लाजिम्पाट लालदरबार, लगनखेल, पोखरा, बुटवल, वीरगन्ज र विराटनगरमा उपलब्ध गराइएको छ ।

नेपाल इन्भेष्टमेट बैंक लिमिटेडको शाखा कार्यालय सुर्खेत, नेपालगन्ज, नारायणगढ र धनगढीबाट पनि आवेदन दिन सकिने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार