IME Life

दशैँको दक्षिणाले बीमा

SPIL
NIC ASIA

स्थायी घर रामेछाप भएकी मिनु विक अहिले कोटेश्वरमा बस्छिन् । कोटेश्वर कै एक कलेजमा कक्षा ११ मा पढ्ने विकले यस पालिको दशैँमा दक्षिणाबाट पाएको रकमले बीमा गर्ने योजना बनाएकी छिन् । दशैँको चहलपहल बढेसँगै मिनुले टिकाटालाबाट कमाएको रकमले बीमा पोलिसि खरिद गर्ने योजना बनाएकी हुन् । दशैँमा पाएको दक्षिणामा आफुले बचाएर राखेको केही रकम थपेर बीमा गर्ने विचारमा छिन् । बीमाबारे धेरै ज्ञान नभए पनि साथिभाई सँग सरसल्लाह गरेर यस पालिको दशैँमा दक्षिणा वापत पाएको पैसा जीवन बीमा गर्ने सोच बनाएकी छिन् उनले ।

भक्तपुर निवासि सोनि श्रेष्ठ पेशाले शिक्षिका हुन् । श्रेष्ठ भक्तपुरको एक विध्यालयमा पढाँउछिन् । दशैँ आएसंगैं सोनि बीमा गर्ने योजनामा रहेकी छिन् । महिनामा हुने आम्दानीको केही रकम बचाएर राखेकी सोनिले दशैँमा दक्षिणा वापत पाउने रकम जोडेर बीमा गर्ने भएकी हुन । उनमा धेर थोर भए पनि बीमाको ज्ञान छ, यस पालिको दशैँमा दक्षिणाबाट पाएको पैसाले जसरी हुुन्छ बीमा गर्ने सोच बनाएकी छिन् ।

Prabhu
Crest

काभे्र बनेपा स्थायी घर भएका नरेश बस्नेतले यस पालिको दशैँमा आफ्नी एक वर्षिया छोरीको बीमा गरिदिने सोचमा रहेका छन् । छोरीको दशैँमा दक्षिणाबाट पाएको पैसा र केही रकम आफुले थपेर नरेशले बीमा गरिदिने विचार गरेका छन् ।
नेपालीहरुको महानपर्व दशैँ लागिसकेको छ । यस पर्वलाई नेपालीहरुले धुमधामका साथ मनाउने गर्दछन् । यस पर्व मिठो खानेकुरा, नयाँ कपडा र आफ्न्तसँग भेटघाट गरेर मनाउने गरिन्छ ।

दशैँमा टिका लगाए पछि दक्षिणा दिने परम्परा रहेको छ । दक्षिणा वापत आएको पैसा लाई हामिले यत्तिकै सकाउछौँ । खाएर, सामान किनेर सबै पैसा सक्ने परम्परा रहेको छ । दक्षिणाबाट आएको पैसा फजँुल खर्च गरेर सक्नु भन्दा जीवन बीमा गर्ने हो भने भविषयमा साथि बन्न सक्छ । आफ्न्तबाट दशैँमा दक्षिणा वापत पाएको पैसा र केही रकम थप गरेर बीमा गर्ने हो भने भविष्यमा भैपरि आउने जोखिम लाई सामना गर्न सजिलो हुन्छ ।

बीमा जोखिम हस्तान्तरण गर्ने एक माध्यम हो । बीमा जोखिम हस्तान्तरणको एक करार पनि हो । अनिश्चित जोखिम हस्तान्तरण गरी क्षतिपूर्ति प्राप्त गर्ने माध्यम नै बीमा हो । बीमा भनेको आर्थिक नोक्सान हुँदा दिईने क्षतिपुर्तिको ग्यारेन्टी हो । भविष्यमा भैपरि आउने जोखिम लाई बिमकमा हस्तान्तरण गर्नु नै बीमा हो । पछिल्लो समय बीमाको महत्व दिनानुदिन बढ्दै छ । हाम्रो जीवनको एक अतिआवश्यक पक्ष नै भइसकेको छ बीमा मानविय जीवनमा जोखिम कत्ति बेला आउने हो पत्तै हुँदैन् । जोखिम अनिश्चित रुपमा हुने गर्दछ । बीमा बचतको एक पाटो पनि हो ।

विभिन्न बीमा कम्पनीहरुमा विभिन्न प्रकारका बीमा पोलिसिहरु रहेका छन् । आफ्नो आम्दानी र मलाई यो चाहिँ बीमा पोलिसी ठिक हुन्छ भन्ने सोच बनाएर बीमा पोलिसी खरिद गर्न सकिन्छ । दशैँमा दक्षिणा वापत पाएको पैसाले त नपुग्ला तर पनि यो रकमले बीमा गर्नमा भने एकदमै सहयोग पुरााउनेछ । दशैँमा दक्षिणाबाट पाएको रकम जम्मा गर्नुस । यसले बचत गर्ने बानी पनि बसाल्छ । दक्षिणा वापत पाएको सानो रकमले बीमा गर्नु भयो भने तपाईको भविष्यमा आई पर्न सक्ने ठुला जोखिम लाई सहजै स्वीकार गर्न सक्ने क्षमता भने पक्कै पनि प्रदान गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS