IME Life

आँखुखोला जलविद्युतले आईपीओ निष्काशन गर्दै , ६,००० कित्ता सम्म भर्न पाईने

SPIL
Sanima Reliance

आँखुखोला जलविद्युत कम्पनीले असोज २३ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १३ करोड ७६ लाख रुपैयाँ बराबरको १३ लाख ७६ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।
बिक्री प्रवन्धकका रुपमा सिभिल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । आईपीओ निष्कासन बन्द हुने छिटोमा असोज २६ र ढिलोमा कात्तिक ६ गते हुने छ । न्युनतम ५० कित्ता र अधिकत ६ हजार कित्तासम्म आईपीओ भर्न पाइने व्यवश्था रहेको छ ।

कम्पनीले १२ करोड रुपैयाँ र आयोजना प्रभावित स्थानीय बासिन्दालाई निष्कासन गर्दा बिक्री नभएको १ करोड ७६ लाख रुपैयाँको समेत गरी आईपीओ निष्कासन गर्न लागेको हो । कुल निष्कासन मध्ये ६८ हजार ८०१ कित्ता आईपीओ सामूहिक लगानी कोष र २७ हजार ५२० कित्ता कर्मचारीलाई छुट्टाइएको छ ।
कम्पनीले धादिङमा ८.४ मेगावाटको आँखुखोला आयोजना सञ्चालन गरिरहेको छ । २०७० मंसिरदेखि कम्पनीले व्यापारिक रुपमा बिजुली उत्पादन गरेको हो । आयोजना बनाउन २ अर्ब ४२ करोड ७३ लाख रुपैयाँ लगानी भएको छ ।

Crest
Meta Holidays

आयोजनामा ७५ प्रतिशत अर्थात ६० करोड रुपैयाँ संस्थापक र २५ प्रतिशत अर्थात २० करोड रुपैयाँ सर्वसाधारणको लगानी हुने गरी सेयर संरचना तयार पारिएको छ । चुक्तापुँजी ८० करोड रुपैयाँ पुग्ने छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x