Prabhu Life Ad Final

ब्रोकर एसोसियसनमा उपाध्यक्षसहित ८ पदमा निर्विरोध, अध्यक्षको निर्वाचन शुक्रबार

IME PAY
IME Life

काठमाडौं: स्टक बोकर एसोसियसन अफ नेपालको नयाँ कार्यसमितिका लागि अध्यक्ष बाहेक सबै पदमा निर्विरोध निर्वाचित भएका छन् । अध्यक्षका लागि  भिजन सेक्युरिटिजका राजकुमार तिमल्सिना र कोहिनूर इन्भेष्टमेन्ट एन्ड सेक्युरिटिजका भरत रानाभाटको उम्मेदवारी परेको छ ।

एसोसियसनको उपाध्यक्षमा त्रिशत्ति सेक्युरिटिजका टंकप्रसाद गौतम, महासचिवमा स्वर्णलक्ष्मी सेक्युरिटिजका धर्मराज सापकोटा, सचिवमा सनि सेक्युरिटजका सन्तोष पौडेल र कोषाध्यक्षमा आर्यतार इन्भेष्टमेन्टका गुणनिधि भुसाल निर्विरोध निर्वाचित भएका छन् ।

 

सदस्यहरुमा निभ सेक्युरिटिजकी सजिला अर्याल, सुन्धारा सेक्युरिटजका फडिन्द्र ढकाल,भृकुटी स्टकका सन्दीप चाचन र ओपल सेक्युरिटजका सुमन गौतम निर्विरोध चयन भएको एसोसियसनले जनाएको छ । अध्यक्षका लागि शुक्रबार निर्वाचन तय भएको छ । अध्यक्षका प्रत्यासी रानाभाटले उम्मेदवारी फिर्ता लिने संभावना रहेको एक ब्रोकरले बताए ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS