काठमाडौं: पछिल्लो केही समय देखि सेयर बजारमा परिसूचक सुधारोन्मुख देखिएको छ । विगत एक महिनाको अवधिमा बजार १०२ दशमलव शून्य २ अंकले बढेको छ ।
गत भदौ १० देखि असोज १० गतेसम्मको अवधिमा जम्मा २० दिन बजार खुल्यो । उक्त दिनमा करिब एक साता बजार घट्यो भने बाँकी सबै दिन बजार बढेको छ ।
उक्त अवधिमा गत भदौ २४ गते सबैभन्दा धेरै अंक १० दशमलव ७९ अंकले बजार घटेको छ । त्यस्तै, भदौ २३ गते ८ घटेको बजार २५ गते भने ४ दशमलव ३६ अंकले घटेको छ ।
लगातर तीन व्यापार दिन घटेको बजार असार २६ गत भने २३ दशमलव ८९ अंकले बढेको छ । एक महिना अवधिमा उक्त दिन सबैभन्दा धेरै अंकले बजार बढेको हो । त्यस्तै, भदौ ११ गते २२ दशमलव २२ अंकले बजार बढेको थियो ।