Connect IPS
IME Life

हिमालयन ऊर्जाको ९ करोड ९० लाख रुपैयाँको आईपीओ जारी गर्दै

SPIL
NIC ASIA new
Sanima Reliance

हिमालयन ऊर्जा विकास कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासीन्दाका लागि आईपिओ निष्काशन गर्ने अनुमति पाएको छ । धितोपत्र बोर्डले कम्पनीलाई ९ करोड ९० लाख रुपैयाँ बराबरको आइपिओ निष्काशनको अनुमति दिएको हो । निजी क्षेत्रबाट प्रवद्धित हिमालय ऊर्जाले पहिलो चरणमा १० प्रतिशत साधारण सेयर निष्काशन गर्न लागेको जनाएको छ । कम्पनीले रामेछाप र दोलखाका आयोजना प्रभावित बासीन्दाका उक्त सेयर जारी गर्ने भएको हो ।
कम्पनीले एक सय रुपैयाँ अंकित दरका ९ लाख ९० हजार कित्ता शेयर  निष्काशन गर्नेछ । बिक्री प्रबन्धको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ ।

आयोजना प्रभावित बासीन्दालाई सेयर निष्काशन गरिसकेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि १५ प्रतिशत अर्थात १४ करोड ८५ लाख रुपैयाँ बराबरको १४ लाख ८५ हजार कित्ता साधारण सेयर निष्काशन गर्ने कम्पनीले जनाएको छ ।कम्पनीले रामेछाप र दोलखामा बग्ने खिम्ती खोलामा १२ मेगावाटको उपल्लो खिम्ती र ७ मेगावाटको उपल्लो खिम्ती आयोजना निमार्ण गरेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS