सिद्धार्थ बैंक प्रभु लाइफको संस्थागत अभिकर्ता बन्यो

Citizen Life Insurance Co

काठमाडौं: सिद्धार्थ बैंक लिमिटेड प्रभु लाइफको संस्थागत अभिकर्ता भएको छ । दुई कम्पनीबीच संस्थागत अभिकर्ता सम्बन्धि सम्झौता भएको छ ।

सम्झौतापत्रमा प्रभु लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख व्यवसायिक अधिकृत प्रयास श्रेष्ठ र सिद्धार्थ बैंकका तर्फबाट सहायक महाप्रबन्धक अर्जुन भद्र खनालले हस्ताक्षर गरेका छन् ।

सिद्धार्थ बैंकका सहायक महाप्रबन्धक खनालले आगामी दिनहरुमा प्रभु लाइफ इन्स्योरेन्समा जीवन बीमा गर्ने ग्राहकहरुलाई आवश्यक जीवन बीमा सम्बन्धी सेवाहरु बैंकको जुनसुकै शाखाबाट दिने बताएका छन् । साथै, उनले नविकरण प्रिमियम तथा जीवन बीमाको प्रिमियम सिद्धार्थ बैंकबाट सजिलै बुझाउन सकिने जानकारी गराएका छन् ।

बैंकले हाल देशभर १२३ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ सेवा र १३१ एटीएम मार्फत सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार