IME Life

जनता बैंक सन नेपाल लाइफ इन्स्योरेन्सको संस्थागत अभिकर्ता बन्यो

SPIL
Sanima Reliance

काठमाडौं: सन नेपाल लाइफ इन्स्योरेन्स र जनता बैंक बीच संस्थागत अभिकर्ता सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतामा सन नेपाल लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री राज कुमार अर्याल र जनता बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री पर्शुराम कुँवर क्षेत्रीले हस्ताक्षर गरेका छन् ।

सम्झौता अन्तर्गत  जनता बैंकका सम्पूर्ण ग्राहकहरुले बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा सन नेपाल लाइफ इन्स्योरेन्सबाट प्राप्त गर्न सक्नेछन् र उत्कृष्ट सेवासहित सरल, सुलभ तरिकाले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका विभिन्न बीमालेखहरु जनता बैंकका सम्पूर्ण शाखाहरु मार्फत उपलब्ध हुनेछ ।

Crest
Meta Holidays

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि.ले कारोवार शुरु गरेको ९ महिना भित्र २०७५ आषाढ मसान्तसम्ममा बैदेशिक रोजगार बीमा बाहेक बिभिन्न ११ प्रकारका बीमा योजनाहरुमा ९८२१ पोलिसी बिक्री गरी कुल रु. २९ करोड ६९ लाख ७५ हजार छ सय ६५ रुपैँया प्रिमियम संलकन गरेको छ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले निकट भविष्यमा आफ्नो चुक्ता पुँजी २ अर्व पुर्याउन ६० करोड मुल्यकोे सर्बसाधारण शेयर निस्कासन गर्नेछ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x