नेपाल क्रेडिट एण्ड कमर्स बैंकबाट प्रुडेन्सियल इन्स्योरेन्सको पोलिसी खरिद गर्न सकिने

Citizen Life Insurance Co

काठमाडौं: प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको बीमा पोलिसी नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड बाट खरिद गर्न सकिने भएको छ । दुइ संस्था बीच बैंकास्योरेन्स सम्झौता भएको छ ।

प्रुडेन्सियल इन्स्योरेन्सको  निर्जीवन बीमा पोलिसी, प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा  नेपाल क्रेडिट एण्ड कमर्स बैंकका ग्राहकहरुले बैंकको जुनसुकै शाखाबाट प्राप्त गर्न सक्नेछन् ।

सम्झौतामा प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका तर्फवाट प्रमुख कार्यकारी अधिकृत श्री बि. के. महर्जन र नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री रमेश राज अर्यालले हस्ताक्षर गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार