सुर्या लाइफ इन्स्योरेन्स सहित ५ कम्पनीको १ करोड ७० लाख कित्ता शेयर नेप्सेमा सूचिकृत


काठमाडौं: नेपाल स्टक एक्सचेन्जमा साताको पहिलो दिन अर्थात् आइतबार सुर्या लाइफ इन्स्योरेन्स सहित ५ कम्पनीको १ करोड ७० लाख ३ हजार ८४ दशमलव ४५ कित्ता शेयर सूचिकृत भएको छ ।

सुर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २८ लाख ८७ हजार ५ सय कित्ता हकप्रद शेयर, मञ्जुश्री फाइनान्स कम्पनी लिमिटेडको ४ लाख ३४ हजार ६२७ दशमलव १० कित्ता बोनस शेयर, युनाइडेट फाइनान्स लिमिटेडको १२ लाख ७८ हजार १३९ दशमलव ७० कित्ता बोनस शेयर, कुमारी बैंक लिमिटेडको १ करोड १९ लाख ३८ हजार ९९१ दशमलव ६५ कित्ता हकप्रद शेयर र सिटिजन्स इन्टरनेशनल बैंक लिमिटेडको ४ लाख ६३ हजार ८२६ कित्ता एफपीओ नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार