प्रिमियर इन्स्योरेन्स र भरतपुर स्थित पुरानो मेडिकल कलेज बिच बीमा सेवा प्रदान गर्ने सम्झौता

Citizen Life Insurance Co

निर्जिबन बीमा कम्पनी प्रिमियर इन्स्योरेन्स र कलेज अफ मेडिकल साइन्स (पुरानो मेडिकल कलेज) भरतपुर, चितवन बिच बीमा सेवा प्रदान गर्नको लागि सम्झौता भएको छ । यस स्वास्थ्य विमा अन्तर्गत सम्पूर्ण नेपालीलाई सहज र सूलभ सेवा प्रदान गर्नका निमित्त क्यासलेस सूविधामार्फत हस्पिटल र इन्स्योरेन्स कम्पनीले सम्झौतापत्र तयार गरी सोहीअनूरुप कार्य गर्ने योजना बनाएको थियो ।

उक्त सम्झौतापत्रमा प्रिमियर इन्स्योरेन्स कं (नेपाल) लि. को तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री सुद्युम्न प्रसाद उपाध्याय र आईएसएमई कलेज अफ मेडिकल साइन्सका तर्फबाट अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत, नगेन्दर के पम्पतीले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात प्रिमियर इन्स्योरेन्सबाट औषधोपचार बीमा सम्बन्धी बिमालेख खरिद गर्ने ग्राहक महानुभावहरुले बीमालेखको सुविधाको आधारमा आई एस एम ई कलेज अफ मेडिकल साइन्सबाट नगदरहित स्वास्थ्य सेवा प्राप्त गर्न सक्नेछन ।
सो अवसरमा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले प्रिमियर इन्स्योरेन्स र आईएसएमई कलेज अफ मेडिकल साइन्सको सहकार्यले स्वास्थ्य सेवामा प्रगाढ छाप सहित आम नेपालीको स्वास्थ्य  सेवा पहुँचमा अभिवृद्धि हुनेमा विश्वस्त भएको जानकारी गराए । साथै आईएसएमई कलेज अफ मेडिकल साइन्सका तर्फबाट अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतले नेपालमा पनि नगदरहित स्वास्थ्य बीमा सेवाको आवश्यकता देखिएको हुनाले सेवालाई मध्यनजर गरी हस्पिटल र इन्स्योरेन्सले यो कदम चालेको जानकारी गराउए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार