कुमारी बैंकमा छ जना नयाँ सञ्चालकको आगमन , नरेश दुगड बाहिरिए

काठमाडौं: कुमारी बैंकको नयाँ सञ्चालक समितिमा ६ जना नियुक्त भएका छन् । आइतबार बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले सन्तोषकुमार लामा, शोभाकान्त ढकाल, उत्तमप्रसाद भट्टराई, पुनाराम भण्डारी, विनोद दवाडी र कृष्णप्रसाद ज्ञवालीलाई बैंकको नयाँ सञ्चालकमा नियुक्ती गरेको हो ।

साथै, बैंकका  सञ्चालक सदस्य नरेश दुगडले राजिनामा दिएका छन् । समितिको भदौ ७ गते बसेको बैठकले सोही मितिदेखि लागु हुने गरीे सञ्चालक दुगडको राजिनामा स्वीकृत गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार