IME Life

बीमा विधेयकमा ८५ वटा बुँदा संशोधन प्रस्ताव-मुना कुँवर

SPIL
Sanima Reliance

समाचार सुन्नुहोस्

  • मुना कुँवर

अधिकांश सांसदको प्रस्ताव सर्भेयरको जरिवाना घटाउन

अर्थ मन्त्रालयले संसद्मा प्रस्तुत गरेको बिमासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७५ मा ८५ वटा बुँदा संशोधन गर्न प्रस्ताव परेको छ । विधेयकमा १३ सांसदले प्राधिकरणको सञ्चालक समितिको व्यवस्थादेखि सर्भेयरको विषयमा संशोधनको प्रस्ताव गरेका छन् । अधिकांश संशोधन प्रस्ताव सर्भेयरकेन्द्रित रहेका छन् । जसमा सर्भेयरको जरिवाना रकम घटाउनेदेखि कैद सजायलाई हटाउनेसम्मको प्रस्ताव गरिएको छ ।

Crest
Meta Holidays

समितिको सञ्चालक यथावत् राख्न प्रस्ताव
सांसद राजेन्द्रकुमार केसी र भरतकुमार शाहले गरेको संशोधन प्रस्तावमा समितिको सञ्चालक समितिमा बाँकी कार्यकालका लागि स्वत प्राधिकरणकै सञ्चालक हुने प्रस्ताव गरिएको छ । विधेयकको दफा १७२ मा भएको व्यवस्थामा भने ऐन प्रारम्भ भएपछि प्राधिकरणको सञ्चालक समिति पुन नियुक्त हुने व्यवस्था गरिएको छ । त्यस्तै, सांसद भरतकुमार शाहले कर्मचारी सेवा सर्त नियमावली बनाउँदा लोक सेवा आयोगको सहमति लिनुपर्नेछ भन्ने व्यवस्था गर्न प्रस्ताव गरेका छन् । विधेयकमा नियमावली बनाउँदा अर्थ मन्त्रालयको सहमति लिनुपर्ने व्यवस्था गरिएको छ ।

सर्भेयरको अनुगमन  कारण देखाउनुपर्ने
बीमा प्राधिकरणले सर्भेयरको अनुगमन उचित कारण देखाएर मात्रै गर्ने व्यवस्था गर्न सांसदहरूले माग गरेका छन् । सांसद रामबीर मानन्धर र अमृता अग्रहरीले प्राधिकरणले बिमक, सर्भेयर अन्य बीमा सेवा प्रदायक संस्थाको जुनसुकै समयमा पनि अनुगमन गर्न सक्ने भन्ने व्यवस्थालाई संशोधन गर्न माग गरेका हुन् । उनीहरूले सर्भेयरको अनुगमन गर्दा कारण देखाई पूर्वसूचना दिएर अनुमगन गर्नुपर्ने व्यवस्था गर्न प्रस्ताव गरेका छन् । साथै, सर्भेयरलाई नियमन शुल्क नलाग्ने र एउटा सर्भेयरले निर्जीवन बिमाको सबै खालको बीमाको सर्भे गर्न पाउने व्यवस्था राख्न प्रस्ताव गरेका छन् ।

बीमा विधेयकमा सर्भेयर तथा अन्य बीमा सेवा प्रदायकको दण्ड तथा सजाय पनि कम गर्न प्रस्ताव गरिएको छ । सांसद रामवीर मानन्धर, नरमाया ढकाल, अमृत अग्रहरी, भरतकुमार शाहले दफा १४० मा राखिएको जरिवानालाई न्यून राख्न प्रस्ताव गरेका हुन् । सर्भेयरहरू तथा बिमा सेवा प्रदायक संस्थाहरूलाई दैनिक ५ हजार जरिवानाको सट्टामा ५ सय, १० हजारको सट्टामा एक हजार र पच्चिस हजारको सट्टामा १५ हजार जरिवाना व्यवस्था गर्न प्रस्ताव गरेका छन् । त्यस्तै, विधेयकमा सर्भेयरले तोकिएको समयमा रिपोर्ट नबुझाएमा भन्ने शब्दको सट्टामा नियतवश जानाजानी नबुझाएमा भन्ने शब्द संशोधन गर्न प्रस्ताव गरेका छन् ।

संसद् प्रस्तुत विधेयकमा सर्भेयरले क्षतिको गलत मूल्यांकन प्रतिवेदन पेस गरेमा पहिलोपटक भए १ लाख रुपैयाँ र दोहो¥याएमा इजाजतपत्र खारेज गरी १० लाख जरिवाना प्रस्ताव छ । त्यस्तै, बिमितलाई पुगेको क्षति बिगो जरिवाना सट्टामा पहिलोपटक भए सचेत गराउँने र पुन दोहो¥याएमा इजाजतपत्र खारेज गर्ने व्यवस्था गर्न प्रस्ताव गरिएको छ ।

बीमितलाई पहिलो प्राथमिकता
बीमा विधेयकमा बीमितलाई पहिलो प्राथमिकतामा राखी दायित्व भुक्तानी दिनुपर्ने व्यवस्था गर्न सांसद राजेन्द्रकुमार केसीले प्रस्ताव गरेका छन । त्यस्तै, मध्यस्थकर्ता र अन्य सेवा प्रदायक संस्थाले नियमन शुल्क शून्य दशमलव ५० संशोधन राख्न माग गरिएको छ । सञ्चालक र प्रमुख कार्यकारीको नियुक्त बाफिया अनुसार हुनुपर्ने, लघुबिमा नियमन शुल्क शून्य दशमलव २५ प्रतिशत हुनुपर्ने प्रस्ताव गरिएको छ ।

eNaya Patrika

बाट साभार गरिएको हो।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x