एलस्मार्ट मोबाइल मेलामा, मोबाईल किन्नेको भिड

काठमाडौ:  चाबहिलस्थित केएल मोबाइल हबमा स्मार्ट मोबाइल मेला शनिवारदेखी सुरु भएको छ , डाउनपेमेन्टका साथै शुन्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा जुनसुकै ब्राण्डका मोबाईल उपलब्ध गराउने योजना सहित मेला सुरु भएको हो । मेला सुरु भएलगत्तै मोबाइल हबमा विभिन्न अफरमा सहभागि हुँदै मोबाइल किन्नेको भिड लागेको छ ।

ग्राहकले मोबाइलको ब्राण्ड र मूल्यअनुसार ६ महिना, १ वर्ष र १८ महिनाअवधिको किस्ताबन्दीमा मोबाईल खरिद गर्न सक्ने मोबाइल हबक ानिर्देशक संगम राईले जानकारी दिए । उनका अनुसार मेला अवधिमा हबमा पुरानो मोबाइल सँग नयाँ मोबाइल साट्न पनि सकिनेछ । शनिबारदेखि सुरु भएको मोबाइल मेला २ साता सम्म चल्ने मेला आयोजकले बताएको छ ।

मेलासुरु भएको दिन नै शुन्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा मोबाइल खरिद गर्नका लागि १ सय ७५ बढीले फारम भरेका थिए । केएल मोबाइल हब चाबहिलका साथै एप्पल वल्र्ड मोबाइल, मर्कन्टाइल प्लाजाको पहिलो तल्लापसलनम्बर एफ ५ दरबारमार्ग, सिटिभि मोबाइलताम्राकार कम्प्लेक्स, पसलनम्बर ११३ न्युरोड तथा द वल्र्ड भिजनमोबाइल सिटिसी मलचौथो तल्लामा पनि यो सुविधा गा्रहकलाई उपलब्ध गराएको छ ।

यसका साथै एउटा मोबाइल किन्दा अर्को एउटा मोबाइल सित्तैंमा पाइने योजनापनि मेला अवधिमा लागू गरिएको छ । यसका अलावामोबाइलको खरिदमा५० प्रतिशतसम्म छुटको व्यवस्था समेत रहेको मोबाइलहबका निर्देशक संगम राईले जानकारी दिए । विश्व बजारमा पाइने २५ भन्दा बढी चर्चित ब्राण्डका विभिन्नमोडलका मोबाइलहरु मेबाइल हबमा उपलब्ध हुने मेलाका आयोजकले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार