IME Life

नयाँ मर्चेण्ट बैंकर दर्तामा बोर्डले लगायो रोक

SPIL
NIC ASIA

अब देखि नयाँ नयाँ मर्चेण्ट बैकरले आवेदन दर्ता गर्न नपाउँने भएका छन् । नेपाल धितोपत्र बोर्डले बजारमा हाल कै बैंकर पर्याप्त भएको भन्दै अर्को व्यवस्था नभएसम्मका लागी नयाँ आवेदन स्थगन गरेको जानकारी दिएको छ ।

हाल नेपालमा २५ वटा मर्चेण्ट बैंकर छन् । त्यसैगरी सात वटा बैंकर दर्ताको प्रक्रियामा रहेको छन् । नेपाल राष्ट बैंक र बिमा समितिले नयाँ कम्पनी दर्ता गर्ने रोकपछि बजारमा थप बैंकरको आवश्यकता नहुने भन्दै बोर्डले नयाँ दर्ताको प्रक्रिया रोकेको हो । तर, दर्ताको प्रक्रियामा रहेको बैकरलाई भने कानुनी प्रक्रिया पुरा गरी अनुमति पत्र प्रदान गरिने बोर्डले बताएको छ।

आवश्यकता भन्दा निष्काशन तथा विक्री प्रवन्धक र सेयर रजिष्ट्रारको संख्या वढी हुदाँ अस्वस्थ प्रतिस्पर्धा हुन सक्ने अवस्था समेत देखिएको बोर्डले बताएको छ । साथै सार्वजनिक निष्काशनमा आस्वा प्रणाली लागू भएपछि लाईन लाग्ने स्थिति नरहेको तथा आवेदन प्रशोधन कार्य अत्यन्त सहज हुन गई निष्काशन तथा विक्री प्रवन्धकको भूमिका न्यूनिकरण भएको एवं डिम्याट सेयरको मात्र कारोवार हुने व्यवस्थावाट सेयर रजिष्ट्रारको कार्य समेत केही कम हुन गएकोले अन्य बैंकरको आवश्यक नरहेको स्पष्ट पारेको छ ।

Prabhu
Crest

हाल नेपालमा सम्पूर्ण मर्चेन्ट वैकिङ्ग व्यवसाय (निष्काशन तथा विक्री प्रवन्ध, धितोपत्र प्रत्याभूति, सेयर रजिष्ट्रेशन, लगानी व्यवस्थापन र संस्थागत परामर्श सेवा) प्रदान गर्ने संस्था ६ वटा, संस्थागत परामर्श सेवा वाहेक चार वटा व्यवसाय गर्ने संस्था १० वटा, तीन वटा (निष्काशन तथा विक्री प्रवन्ध, धितोपत्र प्रत्याभूति र सेयर रजिष्ट्रेशन) मात्र व्यवसाय गर्ने संस्था एउटा, सेयर रजिष्ट्रेशन र लगानी व्यवस्थापन व्यवसाय मात्र गर्ने संस्था एउटा र लगानी व्यवस्थापन व्यवसाय मात्र गर्ने संस्था सातवटा संचालनमा छन् । त्यसैगरी सम्पूर्ण मर्चेन्ट वैकिङ्ग व्यवसाय गर्न पाँच, संस्थागत परामर्श सेवा वाहेक चार वटा मर्चेन्ट वैकिङ्ग व्यवसाय गर्न एक तथा लगानी व्यवस्थापन व्यवसाय मात्र गर्न एक कम्पनीले अनुमतिको प्रस्ताव गरेका छन् ।

मर्चेन्ट वैंकरहरुले वहन गर्ने जिम्मेवारी तथा लिने जोखिम, पूँजी वजार र अर्थतन्त्रको अवस्थाको आयतन हेरी वोर्डले २०७४ सालमा वैंकरको चुक्ता पूँजीमा चार गुणा सम्म वृद्धि गरेको छ । साथै कार्य क्षेत्र विस्तार गरी संस्थागत परामर्श सेवा समेत प्रदान गर्न सक्ने व्यवस्था समेत गरेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS