IME Life

गत बर्ष निर्जीवन बीमा कम्पनीको व्यवसाय १६ प्रतिशतले बढ्यो (सूची सहित )

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

नयाँ कम्पनीको आम्दानी ६० लाख ६३ हजार

काठमाडौं:  गत आर्थिक बर्ष २०७४/७५ मा निर्जीवन बिमा कम्पनीहरुको व्यवसाय १६ प्रतिशतले बढेको छ । समितिको तथ्यांक अनुसार चालु आवको अन्त्यसम्ममा १७ निर्जीवन बिमा कम्पनीहरुले २२ अर्ब १३ करोड रुपैयाँ बिमाशुल्क आर्जन गरेका छन् । अघिल्लो आवको सोही अवधिमा कम्पनीहरुको १९ अर्ब रुपैयाँ बिमाशुल्क आर्जन गर्न सफल भएका थिए । औसतमा कम्पनीहरुको बृद्धि भने २० प्रतिशत रहेको छ ।

अघिल्लो आवको तुलनामा गत आवमा एभरेष्ट इन्स्योेरेन्स कम्पनीको सबैभन्दा धेरैले व्यवसाय बृद्धि भएको छ । गत आवमा कम्पनीको बिमाशुल्क आर्जन दुई गुणा भन्दा धेरैले बढेर ६० करोड ५४ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा भने कम्पनीले २६ करोड ३३ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेको थियो । आईएमई जनरल इन्स्यारेन्स कम्पनीको व्यवसाय भने ४५ प्रतिशतले बढेर १ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ६९ करोड ४७ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेको थियो । व्यवसाय बृद्धिको आधारमा सगरमाथा इन्स्योरेन्स तेस्रोमा परेको छ । गत आवमा कम्पनीले ६० करोड ५४ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ३० प्रतिशतले बढी हो ।

Crest

गत आवमा युनाईटेड र हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको बिमाशुल्क आर्जन घटेको छ । प्रुडेन्सियल, प्रभु र ओरियण्टलको व्वयसाय बृद्धि सामान्य देखिएको छ ।

त्यस्तै कम्पनीहरुले गत आवमा मात्रै आर्जन गरेको बिमाशुल्क आधारमा भने शिखर इन्स्योरेन्स अग्रपंक्तीमा रहेको छ । कम्पनीले गत आवमा ३ अर्ब ४१ करोड रुपैयाँ बिमाशुल्क आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा २४ प्रतिशतले बढी हो । त्यस्तै सगरमाथा इन्स्योेरेन्स कम्पनीले १ अर्ब ८३ करोड रुपैयाँ आर्जन गरेर दोस्रोमा परेको छ । सिद्धार्थ इन्स्योरेन्स कम्पनी भने तेस्रोमा परेको छ । उक्त कम्पनीले गत आवको अन्त्यसम्ममा १ अर्ब ७८ करोड रुपैयाँ बिमाशुल्क आम्दानी गरेको छ ।

नयाँ निर्जीवन बिमा कम्पनीहरुले भने गत आवमा ६० लाख ६३ हजार रुपैयाँ बिमाशुल्क आम्दानी गरेका छन् । नयाँ कम्पनीमध्ये जनरल इन्स्योरेन्स कम्पनीले ३३ लाख ६४ करोड रुपैयाँ बिमाशुल्क आम्दानी गरेको छ । अजोड इन्स्योरेन्स कम्पनीले २४ लाख २५ हजार रुपैयाँ आम्दानी गरेको छ भने सानिमा इन्स्योरेन्सले २ लाख ७४ हजार रुपैयाँ आम्दानी गरेको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS