Connect IPS
IME Life

सिटिजन्स बैंक  लिमिटेडलेपनि पायो एफपीओ निस्काशन गर्ने अनुमति;२०० रुपैयाँमा   एफपीओ आउने

SPIL
NIC ASIA new
Sanima Reliance

इन्स्योरेन्स खबर/काठमाडौं: धितोपत्र बोर्डले सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडलाई  एफपीओ निष्कासन गर्ने अनुमति दिएको छ।

बजारमा  एफपीओ निष्कासन भएपछि  बिक्री नहुने समस्या देखापरिरहेको बेला फेरी पनि  सिटिजन्स बैङ्कको  एफपीओले एक फेर राम्रै चर्चा पाउने   देखिन्छ।  एनएमबी बैङ्कले बल्ल बल्ल  एफपीओ बिक्री गर्‍यो भने नेपाल बैङ्क लिमिटेडको अझै पुरै  एफपीओ  बिक्री हुन् सकेको छैन।  बुटवलपावरको बिक्री नभएको  एफपीओ कित्ता भने अण्डरराईटरले किन्नु परेको थियो ।

Prabhu
Crest

बोर्डले  सिटिजन्स बैङ्कलाई १०० रुपैयाँ अंकित मूल्यमा १०० रुपैयाँ नै प्रिमियम थपी २०० रुपैयाँमा  एफपीओ बिक्री गर्ने अनुमति दिएको छ।

बजारमा मङ्गलवार २३३ मा  सिटिजन्स बैङ्कको शेयर कारोबार भएको थियो। बजार मूल्य र  एफपीको मूल्यको बिच खासै ठुलो अन्तर नभएकाले यो एफपीओपनि सजिलै बिक्री नहुने समस्या आउने देखिन्छ।

सिटिजन्स बैङ्कले  ४ लाख ६३ हजार ८२६ कित्ता एफपीओ बिक्री गर्ने छ। एफपिओ पछि बैङ्कको चुक्ता पुँजीमा ४ करोड ६३ लाख रुपैयाँ थपिनेछ भने प्रिमियम बराबरको ४ करोड ६३ लाख रुपैयाँ नै जगेडा कोषमा जाने छ  ।

एफपिओ पछि संस्थापक र साधारण सेयर अनुपात ५१ः४९  कायम हुने छ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS