IME Life

गुराँस लाइफ  इन्स्योरेन्स र सूर्या लाईफ  इन्स्योरेन्सलाई दाजेर हेर्दा

SPIL
NIC ASIA

इन्स्योरेन्स खबर/काठमाडौं: गुराँस लाइफ  इन्स्योरेन्स र सूर्या लाईफ  इन्स्योरेन्स  दुई जीवन  बीमा कम्पनीहरू हुन्। दुई कम्पनी बिच इन्स्योरेन्स खबरको टिमले गरेको तुलनात्मक अध्ययन :

चुक्ता पुँजी :

Prabhu
Crest

गुराँस लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी ५९  करोड ४० लाख  छ भने सूर्या लाईफ इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब १३ करोड  छ। बीमा समितिले जीवन  बीमा कम्पनीहरूलाई २  अर्ब पुँजीको लक्ष्य दिएकोमा गुराँस लाइफ  इन्स्योरेन्सले अझै आफ्नो पुँजी २३७ प्रतिशतले वृद्धि गर्नु पर्ने छ भने सूर्या लाईफ इन्स्योरेन्सले बीमा समितिले तोकेको २ अर्ब पुँजीको लक्ष्य हासिल अझै आफ्नो पुँजी ७६ प्रतिशतले वृद्धि गर्नु पर्ने छ।

सूर्यालाइफ इन्स्योरेन्सले भने असार ३२ गतेको साधारणसभाबाट १२ प्रतिशत बोनस दिँदै छ , बोनस पछि कम्पनीको पुँजी  १ अर्ब १३ करोड पुग्ने छ, सोही साधारण सभामा कम्पनीले ७० प्रतिशत हकप्रद बिक्रीको प्रस्ताव लैजाँदै छ। साधारणसभा प्रयोजनका लागि बुक क्लोज भैसकेको छ।   ७० प्रतिशत हकप्रद पछि कम्पनीको पुँजी १ अर्ब ९२ करोड पुग्ने छ।  हकप्रद पछिपनि कम्पनीको पुँजी ८ करोडले कम हुने छ।

यता  गुराँस लाइफले ५० प्रतिशत हकप्रद प्रयोजनलागि धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरिसकेको छ।

नेप्सेमा कारोबार हुने जीवन बीमा कम्पनीमा मध्य सबै  भन्दा धेरै पुँजी पुर्‍याउन बाँकी कम्पनी भनेको गुराँस लाइफ इन्स्योरेन्स रहेको छ।

जगेडा कोष :

गुराँस लाइफ इन्स्योरेन्सको जगेडा कोषमा २०   करोड ७८  लाख रुपैयाँ संचित  छ भने सूर्या लाईफ इन्स्योरेन्सको जगेडा कोषमा ३५ करोड ३४ लाख रुपैयाँ संचित  छ।

जीवन बीमा कोष :
दुई कम्पनीको बिच तुलना गर्दा दुवै कम्पनीको जीवन बीमा कोष  उस्तै  छ । गुराँस लाइफ इन्स्योरेन्सको जीवन बीमा कोषमा ३ अर्ब ८६   करोड  रुपैयाँ छ भने सूर्या लाईफ इन्स्योरेन्सको जीवन बीमा  कोषमा ३ अर्ब २२   करोड  रुपैयाँ संचित  छ।

कुल र खुद बीमा शुल्क आर्जन रकम :
गुराँस लाइफले  ९५  करोड ७७  लाख कुल बीमा शुल्क रकम आर्जन गरेकोमा ८८ करोड ७९ लाख खुद बीमा शुल्क आर्जन गरेको छ त्यस्तै सूर्या लाईफ इन्स्योरेन्सले १ अर्ब  १०  करोड कुल बीमा शुल्क रकम आर्जन गरेकोमा  १ अर्ब  ४  करोड  खुद बीमा शुल्क आर्जन गरेको छ।

खुद नाफा :
यो ९ महिनाको अवधिमा गुराँस लाइफले  ४  करोड १  लाख रुपैयाँ खुद नाफा गरेको छ भने सूर्या लाईफ इन्स्योरेन्सले ९   करोड ७७  लाख रुपैयाँ खुद नाफा गरेको छ।

भुक्तानी हुन बाँकी दाबी :
गुराँस लाइफको  ६२  लाख ५८ हजार बराबरको दाबी भुक्तानी हुन बाँकी  छ भने सूर्या लाइफको  ७८  लाख ४१ हजार  बराबरको दाबी भुक्तानी हुन बाँकी छ।

प्रति शेयर आम्दानी :
प्रति शेयर आम्दानीको मामलामा सूर्या लाईफ  इन्स्योरेन्स अगाडि  छ। सूर्या लाईफ इन्स्योरेन्सको प्रति शेयर आम्दानी ११   दशमलव ५१ रुपैयाँ छ भने गुराँस लाईफ  इन्स्योरेन्सको प्रति शेयर आम्दानी ९ दशमलव ०१ रुपैयाँ छ।

प्रति शेयर आम्दानी  निकाल्दा  बोनसलाई पुँजीमा समायोजन गरिएको  छ।  

कुल कायम रहेको बीमा लेख सङ्ख्या :

गुराँस लाइफको २ लाख ४ हजार बीमा लेख कायम छन् भने सूर्या लाइफको ३ लाख २५ हजार बीमा लेख कायम छन्।

हेरौ गुराँस लाइफ  इन्स्योरेन्स र सूर्या लाईफ इन्स्योरेन्सको तुलनात्मक टेबल :

 

सबै जीबन बीमा कम्पनीहरुको तुलनात्मक अध्यन हेर्न यहा क्लिक गर्नुस

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS