IME Life

सिद्धार्थ इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्सलाई दाजेर हेर्दा

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ: सिद्धार्थ इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्स  दुई निर्जीवन बीमा कम्पनीहरू हुन्। दुई कम्पनी बिच इन्स्योरेन्स खबरको टिमले गरेको तुलनात्मक अध्ययन  :

चुक्ता पुँजी :

Crest

सिद्धार्थ इन्स्योरेन्सको चुक्ता पुँजी ८६ करोड ५९ लाख छ भने सगरमाथा इन्स्योरेन्सको चुक्ता पुँजी ५३ करोड ८२ लाख छ। बीमा समितिले निर्जीबन बीमा कम्पनीहरूलाई १ अर्ब पुँजीको लक्ष्य दिएकोमा सिद्धार्थ इन्स्योरेन्सले अझै आफ्नो पुँजी १५ प्रतिशतले वृद्धि गर्नु पर्ने छ भने सगरमाथा इन्स्योरेन्सले अझै आफ्नो पुँजी ८६ प्रतिशतले वृद्धि गर्नु पर्ने छ।

जगेडा कोष :

सिद्धार्थ इन्स्योरेन्सको जगेडा कोषमा १२ करोड ७ लाख रुपैयाँ संचित  छ भने सगरमाथा इन्स्योरेन्सको जगेडा कोषमा ३८ करोड ८३ लाख रुपैयाँ संचित  छ।

बीमा कोष :
दुई कम्पनीको बिच तुलना गर्दा सिद्धार्थ इन्स्योरेन्सको बीमा कोष बलियो देखिन्छ। सिद्धार्थ इन्स्योरेन्सको बीमा कोषमा ५० करोड २९ लाख रुपैयाँ छ भने सगरमाथा इन्स्योरेन्सको जगेडा कोषमा ४८ करोड ८७ लाख रुपैयाँ संचित  छ।

कुल र खुद बीमा शुल्क आर्जन रकम :
सिद्धार्थ इन्स्योरेन्सले १ अर्ब २९ करोड कुल बीमा शुल्क रकम आर्जन गरेको छ भने उसले ६५ करोड ६७ लाख खुद बीमा शुल्क आर्जन गरेको छ त्यस्तै सगरमाथा इन्स्योरेन्सले १ अर्ब ३० करोड कुल बीमा शुल्क रकम आर्जन गरेको छ भने उसले ६५ करोड ७५ लाख खुद बीमा शुल्क आर्जन गरेको छ।

खुद नाफा :
यो ९ महिनाको अवधिमा सिद्धार्थ इन्स्योरेन्सले १८ करोड ४ लाख रुपैयाँ खुद नाफा गरेको छ भने सगरमाथा इन्स्योरेन्सले १७ करोड २ लाख रुपैयाँ खुद नाफा गरेको छ।

भुक्तानी हुन् बाकी दाबी :
सिद्धार्थ इन्स्योरेन्सको ५८ करोड ५१ लाख बराबरको दाबी भुक्तानी हुन बाकी छ भने सगरमाथा इन्स्योरेन्सको ७१  करोड ३७ लाख बराबरको दाबी भुक्तानी हुन बाकी छ।

प्रति शेयर आम्दानी :
प्रति शेयर आम्दानीको मामलामा सगरमाथा इन्स्योरेन्स अगाडी छ। सगरमाथा इन्स्योरेन्स को प्रति शेयर आम्दानी ४२ दशमलव १७ रुपैयाँ छ भने सिद्धार्थ इन्स्योरेन्स को प्रति शेयर आम्दानी २७ दशमलव ७८ रुपैयाँ छ।

मूल्य आम्दानी अनुपात :
सगरमाथा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात  ३० गुणा छ भने सिद्धार्थ इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात २३ गुणा रहेको छ। सिद्धार्थ इन्स्योरेन्सको भन्दा सगरमाथा इन्स्योरेन्स  महँगो छ यसको प्रमुख कारण भनेको सिद्धार्थ इन्स्योरेन्सको तुलनामा सगरमाथा इन्स्योरेन्सको पुँजी धेरैले वृद्धि गर्न बाँकी  छ।

 

हेरौ सिद्धार्थ इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्सको तुलनात्मक टेबल :

सबै निर्जीबन बीमा कम्पनीहरुको तुलनात्मक अध्यन हेर्न यहा क्लिक गर्नुस 

 

प्रति शेयर आम्दानी  निकाल्दा  हकप्रद र बोनसलाई पुँजीमा समायोजन गरिएको र  मूल्य आम्दानी अनुपात निकाल्दा जुलाई १ को बजार मुल्यको आधारमा गणना गरिएको।

 

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS