IME Life

हेरौँ सबै निर्जीवन बीमा कम्पनीहरूको तुलनात्मक अध्ययन

SPIL
NIC ASIA

इन्स्योरेन्स खबर/काठमाडौँ: हाल नेपाल स्टक एक्चेन्जमा १५ वटा निर्जीवन बीमा कम्पनीहरू सुचिकृत रहेका छन्, नेपालमा संचालित १७ ओटा निर्जिबन बिमा कम्पनी मध्ये २ ओटा कम्पनी भने नेपाल स्टक एक्चेन्जमा सुचिकृत छैनन् । निर्जीवन बीमा कम्पनीहरू सधैँ लगानीकर्ताको रोझाईमा पर्दै आएको छ। त्यसको एक कारण भनेको यसमा धेरै उतार चडाव छ , बजारमा शेयरको आपूर्ति कम भएकालेपनि बजार बढ्दा सबै भद्ना धेरै क्यापिटल गेनका निमित्त  लगानीकर्ताको रोजाइमा निर्जीवन बीमा कम्पनीहरू पर्दै आएको अवस्था छ। हेरौँ सबै निर्जीवन बीमा कम्पनीहरूको अवस्था :

चुक्ता पुंजीको आधारमा कुन कम्पनी अगाडी:-
निर्जीवन बीमा कम्पनीहरू मध्य नेको इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सले बीमा सोमितीले तोकेको १ अर्बको पुँजीको लक्ष्य हासिल गरिसकेका छन्। अरू ११ वटा इन्स्योरेन्स कम्पनीहरू भने पुँजी वृद्धिको क्रममा छन्। सबै भन्दा धेरै पुँजी वृद्धि गर्न एभरेष्ट इन्स्योरेन्सले बाँकी छ। एभरेष्ट इन्स्योरेन्सले अझै ६४८ प्रतिशतले आफ्नो पुँजी वृद्धि गर्न बाँकी छ।

Prabhu
Crest

बिमा समितिले निर्दिस्ट गरेको १ अर्ब चुक्ता पुंजी पुर्‍याउन बाँकि कम्पनीहरु

जगेडा कोषको आधारमा कुन कम्पनी अगाडी:
निर्जीवन बीमा कम्पनीहरू मध्य राष्ट्रिय बीमा कम्पनी लिमिटेडको जगेडा कोष एकदमै बलियो छ। कोषमा अहिले २ अर्ब २ करोड रुपैयाँ रहेको छ। त्यस्तै युनाईटेड इन्स्योरेन्सको जगेडा कोष सबै भन्दा थोरै छ। कोष अहिले ३० लाख ८६ हजारले ऋणात्मक छ।

बीमा कोषको आधारमा :
निर्जीवन बीमा कम्पनीहरू मध्य राष्ट्रिय बीमा कम्पनी लिमिटेडको बीमा कोष एकदमै बलियो छ। कोषमा अहिले १ अर्ब ३० करोड रुपैयाँ रहेको छ। त्यस्तै आइएमई जनरल इन्स्योरेन्सको बीमा कोष सबै भन्दा थोरै छ। बीमा कोषमा अहिले १३ करोड ४७ लाख  रुपैयाँ छ।

कुल बिमा शुल्क/खुद बिमा शुल्कको आर्जनको आधारमा:
सबै भन्दा धेरै बीमा शुल्क आर्जन गर्नेमा शिखर इन्स्योरेन्स पर्दछ। शिखर इन्स्योरेन्सले २ अर्ब ४५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ भने कम्पनीले १ अर्ब २२ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ।

सबै भन्दा थोरै खुद  बीमा शुल्क आर्जन गर्नेमा एभरेष्ट इन्स्योरेन्स पर्दछ। एभरेष्ट इन्स्योरेन्सले ४२ करोड ७३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ भने कम्पनीले ७ करोड ८४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ।

 

खुद नाफाको आधारमा :
सबै भन्दा धेरै खुद नाफा गर्ने निर्जीवन बीमा कम्पनीमा राष्ट्रिय बीमा कम्पनी पर्छ। कम्पनीले ४६ करोड १३ लाख रुपैयाँ खुद नाफा गरेको छ त्यस्तै सबै भद्ना थोरै खुद नाफा गर्ने कम्पनी भनेको एभरेष्ट इन्स्योरेन्स कम्पनी रहेको छ। एभरेष्ट इन्स्योरेन्सले ३ करोड ३४ लाख खुद नाफा गरेको छ।

प्रति शेयर आम्दानी :
प्रति शेयर आम्दानीको हिसाबले राष्ट्रिय बीमा कम्पनी पहिलो नम्बरमा पर्दछ। राष्ट्रिय बीमाले एक कित्ता बराबर २३० रुपैयाँ ६९ पैसा आम्दानी गरेको छ भने सबै भन्दा थोरै प्रति शेयर आम्दानी भने हिमालयन जनरल इन्स्योरेन्सको छ। हिमालयन जनरल इन्स्योरेन्सको प्रति शेयर आम्दानी १२ रुपैयाँ ९७ पैसा रहेको छ।

मूल्य आम्दानी अनुपात :
सबै भन्दा धेरै मूल्य आम्दानी अनुपात राष्ट्रिय बीमा कम्पनी रहेको छ। कम्पनीको मूल्य आम्दानी अनुपात ४८ गुणा रहेको छ भने सबै भन्दा थोरै मूल्य आम्दानी अनुपात युनाईटेड इन्स्योरेन्सको छ , युनाईटेड इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात २२ गुणा रहेको छ।

हेरौ सबै तथ्याङ्क एकै टेबलमा :


(कम्पनीको पुँजी लिँदा बोनस र हकप्रद समायोजनपछिको पुँजी लिइएको र त्यही पुँजीको आधारमा प्रति शेयर आम्दानी र मूल्य आम्दानी अनुपात हिसाब गरिएको हो।)

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS