प्रुडेन्सियल इन्स्योरेन्सको अध्यक्षमा श्रवण कुमार अग्रवाल नियुक्त

Citizen Life Insurance Co

इन्स्योरेन्स खवर/काठमाडौंः प्रुडेन्सियल इन्स्योरेन्सको अध्यक्षमा श्रवण कुमार अग्रवाल नियुक्त भएका छन् । कम्पनीको जेठ १ गते मंगलबार बसेको सञ्चालक समितिको १८२ औं बैठकले अग्रवाललाई अध्यक्षमा नियुक्त गरेको हो ।

इन्स्योरेन्सले चालू आर्थिक वर्षको तेश्रो त्रैमासमा१२ करोड १६ रुपैयाँभन्दा बढि खुद नाफा आर्जन गरेको छ । जुन १९ दशमलव ८३ प्रतिशतले वृद्धि हो । गत आर्थिक वर्षको सोही अवधिमा १० करोड १५ लाख रुपैया भन्दा बढि खुद मुनाफा आर्जन गरेको थियो ।

६४ करोड १५ रुपैयाँ चुक्ता पुँजी रहेको यो कम्पनीले हालसम्म १ अर्व २ करोड २१ लाख रुपैयाँभन्दा बढि कुल बीमा शुल्क आर्जन गरेको देखिन्छ ।
प्रतिसेयर आम्दानी २५ रुपैयाँ २८ पैसा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १ सय ८१ रुपैयाँ ९३ पैसा र पि.ई. अुनपात २६.८९ गुणा छ ।

यो पनि हेर्नुहोस्

प्रुडेन्सियल इन्स्योरेन्सको खुद नाफा २० प्रतिशतले वृद्धि, प्रिमियम संकलन १ अर्वमाथि

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार